11/9/2018

विराटनगर, २२ कार्तिक । प्रदेश नं १ का कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले नेपालीका चाडपर्वले नेपालीबीच एकतामा बाँध्ने बताएका छन् ।

11/9/2018

धनुषा, २२ कार्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश सरकारलाई अख्तियारी नदिएकाले सङ्घीयता कार्यान्वयन सङ्कटमा परेको बताएका छन् ।

11/9/2018

भक्तपुर, २२ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताए ।

11/7/2018

नेपालगन्ज, २१ कार्तिक । प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी नभए पनि नेपालगञ्जको भविष्य उज्ज्वल भएको बताएका छन् ।

11/7/2018

महोत्तरी, २१ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मुस्लिम समुदाय तराईका दलितभन्दा पछि परेकाले प्रदेश सरकारले ‘मदरसा बोर्ड गठन’ गर्न लागेको बताएका छन् ।

11/7/2018

घोराही, २१ कार्तिक । सभामुख कृष्णबहादुर महराले नेपाल बाह्य संस्कृतिको सिकार बन्दै गइरहेको बताएका छन् ।

11/6/2018

काठमाडौं, २० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्र्रेसको उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गरेको छ । नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरणका क्रममा भएको सहमतिअनुसार

11/6/2018

काठमाडौं, २० कार्तिक । गत असोज २७ गते नवलपरासी जिल्लाको बुद्ध चोकबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका सहसंयोजक कैलाश महतो र नवलपरासी जिल्लाको संयोजक श्रीकृष्ण यादवलाई जिल्ला अदालतले पुनः अनुसन्धानका लागि थप १० दिनको म्याद दिएको छ ।

11/6/2018

काठमाडौं, २० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ ।

11/5/2018

विराटनगर, १९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताएका छन् ।

11/5/2018

भीमदत्तनगर, १९ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार न्यूनीकरणको विषय अख्तियारसँगै सरकार, नागरिक समाजलगायत राज्य संयन्त्रको साझा एजेण्डा बन्नुपर्ने धारणा राखेका छन् ।

11/5/2018

वीरगंज, १९ कार्तिक । ‘मधेशको भ्रमण नगरी नेपाल भ्रमण पूरा हुँदैन’ भन्ने मूल नाराका साथ भिजिट मेधश नेपालको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको छ ।

11/5/2018

काठमाडौं, १९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।

11/4/2018

काठमाडौं, १८ कार्तिक । बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आइतबार निधन भएको छ ।

11/4/2018

काठमाडौं, १८ कार्तिक । सर्लाहीको रामनगर गाउँपालिकामा नेकपा र नेपाली कांग्रेसबीच झडप हुँदा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ र घाइतेहरुको उपचार खर्च नेपाल सरकारले दिने निर्णय गरेको छ ।

11/4/2018

काठमाडौं, १८ कार्तिक । गत असोज ३ गते कालो संविधान भनि विरोध प्रदर्शन गर्दा स्वतन्त्र मधेश गठबन्धनका सुनसरी जिल्लाबाट गिरफ्तार भएका ४ जना नेताहरु रिहा भएका छन् ।

11/4/2018

काठमाडौं, १८ कार्तिक । आर्थिक अनियमितता गरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका कर्मचारीहरु हटाइएको चर्चालाई महासचिव विनोद कुमार सिंहले खण्डन गरेका छन् ।

11/4/2018

जनकपुरधाम, १७ कार्तिक । नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले सर्लाहीका पार्टी कार्यकर्ता रामविलास महतोको हत्यारालाई केन्द्र र प्रदेश सरकारले संरक्षण दिइराखेको आरोप लगाएका छन् ।

11/4/2018

चन्द्रकान्त खनाल, रुपन्देही, १७ कार्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल अब ल्यान्ड लक्ड कन्ट्रीबाट ल्याण्ड लिंक्ड कन्ट्री भएको बताएका छन् ।

11/4/2018

काठमाडौं, १७ कार्तिक । काठमाडौंको स्वयम्भुमा आयोजित एक कार्यक्रममा रणबहादुर रम्तेलको नेतृत्वमा जनसमाजवादी पार्टी नेपाल संघीय समाजवादी फोरम नेपालमा एकीकृत भएको छ ।

11/3/2018

राम नारायण पंडित, सिरहा, १६ कार्तिक । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले दलित समुदाय अधिकार नपाएसम्म मुलुक समृद्धि नहुने बताएका छन् ।

11/2/2018

विराटनगर, १६ कार्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने बताएका छन् ।

11/2/2018

काठमाडौं, १६ कार्तिक । जिल्ला प्रशासन कार्यालय बर्दियालाई प्रहरी हिरासतभित्र मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका बाँकेका नेता राम मनोहर यादव मृत्यु सन्दर्भमा जाहेरी किन नलिएको भन्दै जवाफ मागिएको छ ।

11/2/2018

काठमाडौं, १६ कार्तिक । नेपाल सरकारको राजनीतिक वार्ता टोली–२०७५ ले जनतान्त्रिक तराई मुक्ति मोर्चाका नेताहरुको सुरक्षा प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

11/2/2018

सर्लाही, १६ कार्तिक । दुई पक्षबीचको झडपमा गोली लागेर कात्तिक १३ गते मङ्गलबार बिहान मृत्यु भएका रामनगर–४ बोहर्वाका ५५ वर्षीय रामविलास महतोको शव अझै परिवारले बुझेका छैनन् ।

ट्रेन्डिङ