काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
काठमाडौं, १३ कार्तिक । सर्लाहीमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चलाएको गोली लागेर नेपाली कांग्रेसका कार्यकर्ताको मृत्यु भएको छ ।
काठमाडौं, १३ कार्तिक । संविधान संशोधनप्रति केपी ओली नेतृत्वको सरकार गम्भीर नरहेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु विभिन्न किसिमका अभिव्यक्तिहरु दिइरहेका छन् । कसैले छठपछि समर्थन फिर्ता लिने, कसैले समर्थन फिर्ता लिने समय आइनसकेको बताइरहेका छन् ।
वीरगंज, १३ कार्तिक । हिन्दू राष्ट्रको निम्ति सघर्षरत हिन्दू परिषद् नेपाल ४० जिल्लामा आफ्नो शाखा एवं संगठन विस्तार गरिसकेको परिषद्का राष्ट्रिय अध्यक्ष संतोष पटेलले बताएका छन् ।
सर्लाही, १३ कार्तिक । रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ ।
परासी, १३ कार्तिक । प्रदेश नं ५ को सरकारले पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माण थालेको छ । त्यसका लागि विज्ञ, लगानी बोर्ड तथा केन्द्रीय सरकारसँग निरन्तर छलफल
बारा, १२ कार्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेस नेतृत्वबाट नै शक्ति दुरुपयोग भएको बताएका छन् ।
जनकपुरधाम, १२ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मधेश आन्दोलनका दुईजना गम्भीर घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
काठमाडौं, १२ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका सहअध्यक्ष तथा संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारले संविधान संशोधन हुनुपर्ने आफ्नो पार्टीको माग सम्बोधन नगरे छठ लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।
काठमाडौं, १२ कार्तिक । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
जनकपुरधाम, ११ कार्तिक । प्रदेश २ को राजधानी र नाम तोक्नका लागि सुझाव सङ्कलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको छ ।
जनकपुरधाम, ११ कार्तिक । प्रदेश २ मा अपराध न्यूनीकरणका लागि ल्याइएको ‘हेल्लो सिएम’ एप सार्वजनिक भएको छ ।
कपिलवस्तु, ११ कार्तिक । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुले वडा दशै दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।
राकेश यादव, रौतहट, १० कार्तिक । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले संघीय सरकारलाई खुल्ला रुपमा चुनौती दिँदै एक महिनाभित्र कर्मचारी नदिएमा प्रदेश सरकारले आफ्नो प्रहरी र कर्मचारी भर्ना गर्ने ठोकूवा गरेका छन् ।
चन्द्रकान्त खनाल, रुपन्देही, १० कार्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले सरकारले कर आतंक सृजना गर्ने कार्य वाहेक ठोस कार्य गर्न नसकेको बताएका छन् ।
राकेश यादव, रौतहट, ९ कार्तिक । नेपाल तरुण दल नगर कार्य समिति रौतहट गौरका अध्यक्ष काशीलाल चौधरीले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी रौतहटको चंद्रपुर नगरपालिका
राकेश यादव, रौतहट, ८ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबू राउत गद्दीले मधेशी, मुस्लिम, महिला, दलित, आदिवासी, थारू लगायत उत्पीडनमा परेका समुदायसँग राज्य सत्तामा गएका कुनै पनि राजनीतिक दलले सामान व्यवहार नगरी आजसम्म विभेद मात्रै गरेको बताएका छन् ।
विराटनगर, ८ कार्तिक । नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधानको मर्म र भावनाअनुसार सरकार चल्नुपर्ने सुझाव दिएका छन् ।
महोत्तरी, ८ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताले संविधान संशोधनको विषय चाँडै टुङ्ग्याउन सरकारसँग माग गरेका छन् ।
काठमाडौं, ८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौं, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताएका छन् ।
काठमाडौं, ८ कार्तिक । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काजखस्तानको अस्तानामा आयोजित दुईदिने प्राथमिक स्वास्थ्य सेवासम्बन्धी विश्व सम्मेलनमा भाग लिएका छन् ।
काठमाडौँ, ७ कार्तिक । पश्चिम बंगालमा लामो समय सत्तामा रहेको भाकपा (माक्र्सवादी) का महासचिव सीताराम यचुरी यसै हप्ता काठमाडौँ आउने भएका छन् ।
काठमाडौं, ७ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकारले ल्याएको प्रहरी ऐन कार्यान्वयन गरेरै छाड्ने दाबी गरेका छन् ।
जनकपुरधाम, ६ कार्तिक । प्रदेश प्रहरी ऐनप्रति केन्द्रको असन्तुष्टि रहेको बेला प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले कर्मचारीको अभावका आफूहरुले काम नसकिरहेको भन्दै अब करार ऐन पास गरेर कर्मचारी पूर्ति गर्ने बताएका छन् ।