काठमाडौं, ११ असोज । प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका युवा राम मनोहर यादवको विषयमा संघीय संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले झुठो कुराहरू प्रस्तुत गरेको दाबी स्वतन्त्र मधेश गठबन्धनले गरेको छ ।
आदिवासी थारु समुदायको गौरवशाली राष्ट्रिय साझा संस्था थारु कल्याणकारिणी सभाको २२औं राष्ट्रिय महाधिवेशन यहि मिति असोज ७, ८ र ९ गते काठमाण्डौमा भव्यरुपमा सम्पन्न भएको छ ।
रुपन्देही, १० असोज । विधान संशोधनको तयारीमा रहेको नेपाली कांग्रेसले भैरहवामा साबिकको लुम्बिनी अञ्चलका ६ जिल्लाका नेताहरुसँग सुझाव संकलन सुरु गरेको छ ।
रौतहट, १० असोज । रौतहट जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण गर्ने जिम्मा लिएका निर्माण कम्पनी पपु कंस्ट्रक्सनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति प्रदान गरेको छ ।
काठमाडौं, १० असोज । भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास हेर्ने राज्यमन्त्री धर्मेन्द्र प्रधान शुक्रवार काठमाडौं आउने भएका छन् ।
नेपालगन्ज, ९ असोज । प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवको शव आज २५ दिनदेखि प्रहरीले अस्पतालमै राखेको छ । अन्तिम संस्कार गर्न परिवारलाई शव नदिएको र मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरेको भन्दै नेपालगन्जमा बृहत् जनप्रदर्शन भएको छ ।
जनकपुरधाम, ९ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले केन्द्रिकृत सत्तामा रमाउनेहरु संविधान र संघीयताको कार्यान्वयन बाधक बनिरहेको आरोप लगाएका छन् ।
काठमाडौं, ९ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी नोभेम्बरको अन्तिम साता पुनः नेपाल आउने भएका छन् ।
नेपालगन्ज, ९ असोज । संघीय समाजवादी विद्यार्थी फोरम प्रदेश नं. ५ को अध्यक्षमा ओम प्रकास यादव निर्वाचित भएका छन् ।
जनकपुरधाम, ८ असोज । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको हरित प्रदेश योजना कार्यान्वयनमा आउने भएको छ ।
काठमाडौं, ८ असोज । प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राम मनोहर यादवको हत्या भएको आरोप स्वतन्त्र मधेश गठबन्धनले लगाएको छ । राम मनोहरको मृत्यु कारण रोग नभई जानी जानी मारेको गठबन्धनको ठहर छ ।
वीरगन्ज, ७ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संघीय सरकारले प्रदेश सरकारलाई नचाहेर जन्मेको बच्चा जस्तो व्यवहार गरिरहेको आरोप लगाएका छन् ।
रुपन्देही, ७ असोज । कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा कोइराला परिवारबाट उम्मेद्वारी पर्ने बताएका छन् ।
सर्लाही, ७ असोज । पूर्वघोषित आन्दोलनको कार्यक्रमअनुसार शनिबारदेखि शैक्षिक माफियाहरु विरुद्ध अनिश्चितकालीन रिले अनसन थालिएको छ ।
काठमाडौं, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण योगदान रहेको बताएकी छन् । नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेकी छन् ।
सप्तरी, ६ असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सप्तरीको कञ्चनपुरमा फैलिएको भाइरल फ्लुबारे स्थलगत निरिक्षण गरेका छन् ।
जनकपुरधाम, ५ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संशोधन विना संविधान स्वीकार्य हुन नसक्ने बताएका छन् ।
काठमाडौं, ५ असोज । स्वतन्त्र मधेश गठबन्धनका बाँकेका नेता राम मनोहर यादवको प्रहरी हिरासतमा मृत्यु भएको आज २२ दिन पुग्दा पनि उनको शवको पोष्टमार्टम गरिएको छैन । उनको शव अहिलेसम्म अस्पतालमै राखिएको छ ।
रौतहट, ४ भाद्र । केन्द्रीय सरकारको कमाण्डबाट प्रादेशिक सरकारको मातहतमा आएका परिवर्तित जिल्ला कृषि ज्ञान केन्द्र रौतहटको एक कार्यक्रमबीच बिहीबार उद्घाटन गरिएको छ ।
वीरगञ्ज, ४ असोज । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले मधेशप्रति सरकारको अझै पनि विभेदकारी नीति रहेको आरोप लगाएका छन् ।
रौतहट, ३ असोज । रौतहटको सदरमुकाम गौरमा राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै काला दिवस मनाएका छन् ।
रौतहट, ३ असोज । तराई मधेश राष्ट्रिय अभियानका नेता कार्यकर्ताहरुले मधेश विरोधी संविधान भएको भन्दै सदरमुकाम गौरस्थित मधेशी क्रान्ति चौकमा नेपालको संविधान २०७२ लाई जलाएका छन् ।
काठमाडौं, ३ असोज । मधेशी तथा आदिवासी जनजाति कानून व्यवसायी संघ (मिला)ले संविधान दिवसलाई कालो दिनको रुपमा मनाएको छ ।
जनकपुरधाम, ३ असोज । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको आह्वान हजारौं सर्वसाधारण सडकमा ओर्लिएका छन् । उनले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउन आह्वान गरेका थिए ।