9/26/2018

काठमाडौं, १० असोज । भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास हेर्ने राज्यमन्त्री धर्मेन्द्र प्रधान शुक्रवार काठमाडौं आउने भएका छन् ।

9/25/2018

नेपालगन्ज, ९ असोज । प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवको शव आज २५ दिनदेखि प्रहरीले अस्पतालमै राखेको छ । अन्तिम संस्कार गर्न परिवारलाई शव नदिएको र मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरेको भन्दै नेपालगन्जमा बृहत् जनप्रदर्शन भएको छ ।

9/25/2018

जनकपुरधाम, ९ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले केन्द्रिकृत सत्तामा रमाउनेहरु संविधान र संघीयताको कार्यान्वयन बाधक बनिरहेको आरोप लगाएका छन् ।

9/25/2018

काठमाडौं, ९ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी नोभेम्बरको अन्तिम साता पुनः नेपाल आउने भएका छन् ।

9/25/2018

नेपालगन्ज, ९ असोज । संघीय समाजवादी विद्यार्थी फोरम प्रदेश नं. ५ को अध्यक्षमा ओम प्रकास यादव निर्वाचित भएका छन् ।

9/24/2018

जनकपुरधाम, ८ असोज । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको हरित प्रदेश योजना कार्यान्वयनमा आउने भएको छ ।

9/24/2018

काठमाडौं, ८ असोज । प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राम मनोहर यादवको हत्या भएको आरोप स्वतन्त्र मधेश गठबन्धनले लगाएको छ । राम मनोहरको मृत्यु कारण रोग नभई जानी जानी मारेको गठबन्धनको ठहर छ ।

9/23/2018

वीरगन्ज, ७ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संघीय सरकारले प्रदेश सरकारलाई नचाहेर जन्मेको बच्चा जस्तो व्यवहार गरिरहेको आरोप लगाएका छन् ।

9/23/2018

रुपन्देही, ७ असोज । कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा कोइराला परिवारबाट उम्मेद्वारी पर्ने बताएका छन् ।

9/23/2018

सर्लाही, ७ असोज । पूर्वघोषित आन्दोलनको कार्यक्रमअनुसार शनिबारदेखि शैक्षिक माफियाहरु विरुद्ध अनिश्चितकालीन रिले अनसन थालिएको छ ।

9/23/2018

काठमाडौं, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण योगदान रहेको बताएकी छन् । नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेकी छन् ।

9/23/2018

सप्तरी, ६ असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सप्तरीको कञ्चनपुरमा फैलिएको भाइरल फ्लुबारे स्थलगत निरिक्षण गरेका छन् ।

9/21/2018

जनकपुरधाम, ५ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संशोधन विना संविधान स्वीकार्य हुन नसक्ने बताएका छन् ।

9/21/2018

काठमाडौं, ५ असोज । स्वतन्त्र मधेश गठबन्धनका बाँकेका नेता राम मनोहर यादवको प्रहरी हिरासतमा मृत्यु भएको आज २२ दिन पुग्दा पनि उनको शवको पोष्टमार्टम गरिएको छैन । उनको शव अहिलेसम्म अस्पतालमै राखिएको छ ।

9/21/2018

रौतहट, ४ भाद्र । केन्द्रीय सरकारको कमाण्डबाट प्रादेशिक सरकारको मातहतमा आएका परिवर्तित जिल्ला कृषि ज्ञान केन्द्र रौतहटको एक कार्यक्रमबीच बिहीबार उद्घाटन गरिएको छ ।

9/21/2018

वीरगञ्ज, ४ असोज । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले मधेशप्रति सरकारको अझै पनि विभेदकारी नीति रहेको आरोप लगाएका छन् ।

9/19/2018

रौतहट, ३ असोज । रौतहटको सदरमुकाम गौरमा राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै काला दिवस मनाएका छन् ।

9/19/2018

रौतहट, ३ असोज । तराई मधेश राष्ट्रिय अभियानका नेता कार्यकर्ताहरुले मधेश विरोधी संविधान भएको भन्दै सदरमुकाम गौरस्थित मधेशी क्रान्ति चौकमा नेपालको संविधान २०७२ लाई जलाएका छन् ।

9/19/2018

काठमाडौं, ३ असोज । मधेशी तथा आदिवासी जनजाति कानून व्यवसायी संघ (मिला)ले संविधान दिवसलाई कालो दिनको रुपमा मनाएको छ ।

9/19/2018

जनकपुरधाम, ३ असोज । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको आह्वान हजारौं सर्वसाधारण सडकमा ओर्लिएका छन् । उनले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउन आह्वान गरेका थिए ।

9/19/2018

कपिलवस्तु, ३ असोज । कपिलवस्तु जिल्लाको तौलिहवामा राष्ट्रिय जनता पार्टी नेपालले कालो दिनको रुपमा कालो झण्डासहित विरोध प्रदर्शन गरेको छ ।

9/19/2018

सप्तरी, ३ असोज । संविधान दिवसको विरुद्धमा राष्ट्रिय जनता पार्टी नेपालले घोषणा गरेको कार्यक्रमअन्तर्गत सप्तरीका विभिन्न सरकारी कार्यालय तथा बजारहरुमा कालो झण्डा झुण्ड्याएको छ ।

9/19/2018

काठमाडौं, ३ असोज । मधेशमा केही राजनीतिक दलले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाइरहँदा नेपाल सरकारले मधेशवादका प्रणेता तथा नेपाल सद्भावना पार्टीका संस्थापक स्व. गजेन्द्र नारायण सिंहलाई विभूषित गर्ने भएको छ ।

9/19/2018

कैलाली, ३ असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय नेता राजेन्द्र महतोले यो संविधानमाथिको विरोध जारी रहने बताएका छन् ।

9/19/2018

राकेश यादव, रौतहट, ३ असोज । संघीय समाजवादी विद्यार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको प्रथम जिल्ला अधिवेशन सदरमुकाम गौरमा मंगलवार सम्पन्न भएको छ । केन्द्रीय सदस्य रेवन्त झाको प्रमुख आतिथ्यमा सम्पन्न

ट्रेन्डिङ