11/22/2019

कतैकतै सामाजिक मान्यताहरूले पनि महिलाहरूलाई घरबाहिर जानबाट रोक लगाएको छ, अवस्था थोरै परिवर्तन त हुँदैछ । तैपनि हाम्रो सामाजिक संरचनाले गर्दा हाम्रो गतिशिलतालाई नियन्त्रण गरेको छ जसले गर्दा तराईका महिलाहरू घरभित्र छन् ।

11/15/2019

देशी विदेशी प्रतिक्रियावादीहरूसँग मिलेर हिजोसम्म हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्नेहरू रातारात मधेशका मसिहा भए । त्यसकारण मूल रूपमा मधेशका जनतालाई शोषण गर्ने मधेशकै शोषक सामन्तहरू नै हुन ।

11/15/2019

भारत र चीन दुवै देशको सीमामा समस्या देखिएको छ । चीनले पनि नेपालका धेरै भूभाग मिचेको कुराहरू आइरहेका छन् । भनेपछि समस्या समाधानका लागि सरकारको ठोस पहल देखिएन ।

11/8/2019

राजनीतिमा केही पनि असम्भव हुँदैन । किनभने एमालेको चुनावचिन्हबाट हामी चुनाव लड्छौं भन्ने सोचेको पनि थिएनौं । जब संविधान निर्माण गरिरहेका थियौं त्यो बेलाको परिस्थिति बेग्लै थियो । राजनीतिमा हरेक सम्भावनाहरू खुल्ला हुन्छन् । तर, अहिले हामीले विकल्प खोजेका छैनौं ।

11/8/2019

प्रधानमन्त्रीले सक्नुहुन्छ भनेर निकाले भइहाल्यो नि । प्रधानमन्त्री ओलीजीलाई आँट भए निकालोस् । त्यसपछि हामी के गर्छौं त्यो हामी सोच्छौं । ओलीजीको घुर्कीले यो देश चल्दैन ।

11/1/2019

तोकिएकै मितिमा राजपाको महाधिवेशन सम्भव देखिएन । अहिले केही प्रक्रियाहरू बाँकी छ । प्रक्रिया पूरा नगरिकन महाधिवेशन हुन सक्दैन । उपनिर्वाचनपश्चात् महाधिवेशन हुन्छ जस्तो लागेको छ । राजपा नेपालको अध्यक्षमण्डलको बैठक आगामी १९ पुनः बोलाइएको छ । सो बैठकले यसको टुंगो लगाउँछ ।

11/1/2019

संविधान संशोधन हुनुपर्छ तर, के–के विषयमा गर्ने भन्ने कुरामा महन्थ ठाकुर, उपेन्द्र यादव, सीके राउत र लक्ष्मण थारू बसेर साझा कुरा ल्याउनुप¥यो । आफूमा यिनी मिल्न सकेको अवस्था छैन तर, कुनै एकपक्षले मात्र भनेर राज्यसत्ताले उसको माग पूरा गर्छ त ? कदापि गर्दैन । त्यसैले, उपेन्द्र यादवले यो जुनीमा मात्र होइन अर्को जुनीमा पनि संविधान संशोधन गराउन सक्दैन ।

10/25/2019

चिनियाँ राष्ट्र प्रमुखको भ्रमण हुँदा चीनतिर ढल्किएको जस्तो लाग्छ र भारतका राष्ट्र प्रमुखको भ्रमण हुँदा भारततिर ढल्किएको जस्तो लाग्छ । यो एकथरी मानिसहरूको समस्यै रहेको छ । नेपाल एउटा सानो देश हो । हामीले दुवै छिमेकीसँग फाईदा लिएर देश विकसित गर्नुछ ।

10/25/2019

प्रदेशको नाम र राजधानीका लागि प्रदेशसभाको दुई तिहाई मत आवश्यक हुन्छ । हामी सामान्य बहुमतको हिसाबले चलिरहेका छौं, हामीसँग दुई तिहाइको बहुमत छैन । अब बस्ने प्रदेशसभाको बैठकले प्रदेशको नाम टुंगो लगाउँछ । हाम्रो प्रष्ट दृष्टिकोण छ कि प्रदेशको नाम ‘मधेश प्रदेश’ हुनुपर्छ ।

10/4/2019

संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन गर्नैपर्छ । कांग्रेसकै पालामा संशोधनका लागि पहल गरिएको थियो, तर हाम्रो बहमुत नभएकोले संशोधन हुन सकेन । यो संविधान सबैको संविधान बनाउनका लागि संशोधन गर्नुपर्छ ।

10/4/2019

सभामुखका लागि राजपाको कुनै दाबेदारी छैन । यस विषयमा अहिलेसम्म राजपाको कुनै निर्णय भएको छैन । पहिला पनि राजपालाई सभामुखको पद दिइरहेको थियो तर, राजपाले लिन मानेन ।

9/27/2019

संविधान संशोधन आश्यकता त हुँदै हो औचित्य पनि पुष्टि भइसकेको छ । विगतमा कांग्रेस र माओवादीले संविधान संशोधनका लागि मतदान गरेको हो । मधेशवादी दलको अझ बढी जिम्मेवारी रहेको छ । हाम्रो ठूलो त्याग र बलिदानबाट यो संविधान बनेको हो । गणतन्त्रात्मक लोकतान्त्रिक संविधान संविधानसभाबाट जारी हुनु नेपालको लागि गर्व गर्न विषय पनि हो ।

9/27/2019

हिन्दी परापूर्वक कालदेखि नै बहुसंख्यकले बोलिने भाषा हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा हिन्दी भाषाको माध्यमले नेपालको विशेषतालाई अझ व्यापक बनाउनका लागि हामीले यो सम्मेलन गर्दैछौं । यसमा कुनै देशको प्रभाव वा प्रोत्साहनको कुनै पनि स्थान छैन ।

9/20/2019

मधेशमा जति बेला संविधान संशोधनको माग उठ्दै थियो त्यतिबेला उपेन्द्र यादवले संशोधन होइन, पुनर्लेखन हुनुपर्छ भनेका थिए । पुनर्लेखनको कुरा गरेर जनतालाई झुक्याएर त्यही संविधानलाई मानेर निर्वाचनमा भाग लिन पुगे ।

9/20/2019

समाजवादी पार्टीको स्पष्टै धार हो । अहिले मधेशी जनता यो अवस्थामा आइपुगेका छैन कि यो संविधानलाई उत्सवको रूपमा मनाउने । कालो दिवसको सन्दर्भमा स्पष्ट धार हो कि संविधान रहेका उपलब्धिहरूलाई त हामीले स्वीकार गरेकै छौं ।

9/20/2019

राजनीतिक दल, विभिन्न संस्थाहरू विभिन्न संगठनहरू पनि महिलाको सामाजिक, आर्थिक, शैक्षिक स्थीति सुधार गर्न प्रयत्न गरिरहेको पाइन्छ । तर पनि जुन हिसाबले महिलाहरू आत्मनिर्भर भएर प्रस्तुत हुनु पर्ने हो । त्यो वातावरण बन्न सकेको छैन ।

9/13/2019

मधेशकेन्द्रित भन्दा पनि यिनीहरू प्रदेश २ केन्द्रित छन् । उनीहरूलाई प्रदेश २ बाहेक प्रदेश १, ३, गण्डकी, ५, कर्णाली र सुदूरपश्चिमको चिन्ता छ ? कैलालीमा थारूहरूको अगाडि ठूलो भाषण मात्रै गरेर हुन्छ ? उनीहरूको कुन ‘कन्सर्न’लाई प्रतिनिधित्व गरिरहेका छन् ?

9/13/2019

नेकपासँग हाम्रो दूरी त बढेको छैन । हामीले आफ्ना एजेन्डाहरू सरकार, सदन र जनतासमक्ष राख्ने कार्यक्रमहरू निरन्तर गरिराख्छौं । निर्वाचनका बेला जसरी सहकार्य गर्ने हाम्रो सहमति थियो त्यसरी नै अगाडि बढिरहेका छौं ।

9/6/2019

जुन समस्याहरू ती पार्टीहरूले उठाएका छन्, त्यो उनीहरूले वास्तवमा समस्या समाधानका लागि उठाएका हुन् कि सत्तामा जाने साधनको रूपमा । त्यो एउटा विश्लेषणको विषय हो । जुन गतिमा संशोधनकर्ताहरू अगाडि बढ्नुपर्ने हो, सरकारमै रहेर जुन प्रकारले सरकारको क्रियाकलापलाई प्रभावित गर्नुपर्ने हो, त्यस्तो देखिएको छैन । संशोधनका मुद्दाहरूलाई बार्गेनिङ्ग प्वाइन्ट बनाइएको देखिएको छ ।

9/6/2019

हामी विखण्डनवादी जाति होइनौं । हाम्रो यो आन्दोलन राष्ट्रवादी, शान्तिपूर्ण, राष्ट्रिय मुक्ति, देशको पहिचानलाई संरक्षण गर्ने, देशमा शान्ति र सद्भावना जगाउने आन्दोलन हो । भीम रावल जस्ता कतिपय व्यक्तिहरू जातीवादी छन् जो विखण्डन, आतंक तथा हिंसा चाहन्छन् ।

9/6/2019

हाम्रो समाजमा छोरीप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्नका लागि चेतनामूलक कार्यक्रमहरू पनि प्रदेश सरकारले सञ्चालन गर्नुपर्ने देखिन्छ । कतिपय सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिए पनि प्रभावकारी देखिएको छैन ।

8/30/2019

मधेशको प्रतिनिधि बिनाको त्यो प्रतिवेदनले सीमा क्षेत्रको समस्या समाधान गर्न सक्दैन भन्ने हाम्रो बुझाई हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन नबुझिरहेको अवस्थाबाटै अनुमान लगाउन सकिन्छ कि ओली सरकारसँग भारत सरकारको सम्बन्ध राम्रो छैन । यदि सम्बन्ध राम्रो भइदिएको भए समयमै ईपीजीको प्रतिवेदन बुझिन्थ्यो ।

8/30/2019

आज सीके राउतको जस्तो व्यक्तित्व भएको नेता मधेशमा मात्र होइन एशियामै कम छ । त्यसैले नै जनताले उहाँलाई विश्वास गरेर उहाँको निर्णय स्वीकार गरिरहेका छन् । जनतामा जनमत पार्टीमाथि विश्वास रहेको छ । हामी मधेशसहित देशकै लागि केही काम गर्न सक्छौं भन्ने हामीलाई आशा छ ।

8/23/2019

दुवै पार्टीबीच एकताका लागि धेरै अगाडिसम्म कुरा बढिसकेको छ । दुवै पार्टीका नेताहरूले महसुस गरेका छन् कि एकता हुनुपर्छ । एकताअघि दुवै पार्टीका विभिन्न कुराहरू मिलाउनुपर्ने हुन्छ । दुवै पार्टीका नेता कार्यकर्ताहरूलाई कसरी एक ठाउँमा ल्याउन सकिन्छ र सबैको भावनालाई समेट्न सकिन्छ भन्ने कुराको निर्णय गर्न अलि समय लाग्छ ।

8/23/2019

प्रदेश २ मा मधेशका जम्मा आठ वटा जिल्ला मात्र छन् । हामी २२ जिल्लामा छौं भने किन आठ वटा जिल्लालाई मात्रै मधेश प्रदेश भन्ने ? यसमा मेरो चित्त बुझेको छैन । यदि २२ वटा जिल्ला तराई–मधेश हो भने प्रदेश २ लाई मधेश प्रदेश राखियो भने हामी आठ जिल्लामा मात्रै खुम्चिन्छौं ।

ट्रेन्डिङ