बाँके, २४ जेठ । कृषि उत्पादन बढाउनका लागि जिल्लाको राप्ती सोनारी गाउँपालिकाले ५० लाख रुपैयाँको कृषि उपकरण कृषकहरूलाई वितरण गरेको छ ।
जनकपुरधाम, २४ जेठ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया २३ जेठ । बर्दिया जिल्लालाई कृषि र पशुपन्छी क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय तहसँग योजना तर्जुमा, प्रगति समीक्षा गोष्ठी सप्पन्न भएको छ ।
काठमाडौं, २३ जेठ । राष्ट्रिय एकता अभियानले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको राजीनामा माग गरेको छ ।
काठमाडौं, २३ जेठ । राष्ट्रिय तथ्यांक कार्यालयले २०८० जेठ १९ गते जारी गरेको राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्म सम्बन्धी अन्तिम नतिजामा आदिवासी जनजातिहरूको वास्तविक विवरणलाई तोडमोड गरिएको भन्दै आदिवासी जनजाति सम्बद्ध संस्थाहरूले आपत्ति जनाएका छन् ।
काठमाडौं, २३ जेठ । उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील उपभोक्ता जागरण अभियान नेपालले अस्पतालहरुमा निशुल्क सवारी साधन पार्किङको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
कपिलवस्तु, २३ जेठ । बुद्धभूमि नगरपालिका–८ बनकट्टी हरिहरपुर बस्ने देवदास भरकी छोरीको डुबेर मृत्यु भएको छ ।
कैलाली, २३ जेठ । गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने २८ वर्षीया कविता बुढा सोही ठाउँस्थित केदारेश्वर सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौं, २३ जेठ । संस्थापक मधेशवादी नेता एवं हिन्दी भाषा अभियानी रमन पाण्डेयले नागािरकताविहीनहरुका लागि आफ्नो संघर्ष जारी रहने बताएका छन् ।
जनकपुरधाम, २३ जेठ । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ ।
काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चारदिने भारत भ्रमण अत्यन्त उपलब्धिमूलक भएको लोकतान्त्रिक समाजवादी पार्टीले बताएको छ ।
काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशनलाई सफल बनाउन केन्द्रीय प्रचार प्रसार उपसमिति गठन भएको छ ।
जनकपुरधाम, २२ जेठ । राष्ट्रपतिद्वारा जारी नागरिक विधेयकलाई कार्यान्वयन नगर्नु भनि सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशप्रति तराई–मधेश लोकतान्त्रिक पार्टीले दुःख व्यक्त गरेको छ ।
काठमाडौं, २२ जेठ । चुरे मास्न पाइदैँन : पर्यावरण विरोधी नीति चाहिदैँन, हिमालय/चुरे बचाउँ : तराईलाई मरुभूमिकरण हुनबाट जोगाउँ भन्ने आह्वानसहित विभिन्न जिल्लामा वृक्षरोपण लगायत कार्यक्रम गरि मानव अधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवस मनाएको छ ।
काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सृष्टि गर्ने तिर भएको बताएका छन् ।
वीरगन्ज, २१ जेठ । बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुरमा आइतबार बिहान आगलागी हुँदा चार वटा फुसको गोठ घर जलेर नष्ट भएको छ ।
नेपालगन्ज, २१ जेठ । अत्यधिक गर्मी बढेपछि कोहलपुरका सामुदायिक र संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गरिने भएको छ ।
कपिलवस्तु, २१ जेठ । कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नम्बर १ पकडीमा साढे ३ करोड लागतका निर्माण गरिएको प्रशासनिक भवनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सरेन्द्रराज आचार्यले उद्घाटन गरेका छन् ।
कैलाली, २१ जेठ । टीकापुर नगरपालिका–७ स्थित सडकमा से.४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
रुपन्देही, २१ जेठ । बुटवल उपमहानगरपालिका–१२ तामनगरमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पर्सा, २१ जेठ । वीरगंज महानगरपालिका–१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नेपाली नोटसहित एक
बाँके, २१ जेठ । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।