पर्सा, ३१ जेठ । जगरनाथपुर गाउँपालिका–२ पाण्डेपुर टोल बस्ने मन्जु महतो नुनियाको २ वटा कच्ची घरमा करेन्ट सर्ट भई आगलागी भएको छ ।

कपिलवस्तु, ३१ जेठ । बाणगंगा नगरपालिका–८ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लुम्बिनी, ३१ जेठ । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अतालिएको बताएका छन् ।

जनकपुरधाम, ३० जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक प्रदेश सभाबाट सर्वसम्मत रुपमा विश्वासको मत पाएका छन् ।

रुपन्देही, ३० जेठ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डा ईलाकाबाट सशस्त्र प्रहरीले १ लाख २० हजार ७ सय ४० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ ।

कपिलवस्तु, ३० जेठ । बुद्धभूमि नगरपालिका–९ ईमिलीयामा दुई ट्रक एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

जनकपुरधाम, ३० जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभाको विशेष बैठकमा विश्वासको मत लिन लागेका छन् ।

नेपालगन्ज, ३० जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् सांसद किशोरसिंह राठौरले स्वअनुशासन भए मात्र सरकारी कार्यालयको सेवा प्रवाह चुस्तदुरुस्त हुने बताएका छन् ।

कैलाली, ३० जेठ । टीकापुर उद्योग वाणिज्य संघले जिल्लास्थित सत्ति भन्सार कार्यालय खक्रौलामा धर्नासहित तालाबन्दी गरेको छ ।

विराटनगर, ३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताएका छन् ।

रौतहट, ३० जेठ । जिल्लाको गौर नगरपालिका २ स्थित भन्सार ईलाकाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

बाँके, २९ जेठ । खजुरा गाउँपालिका–६ पुरैनास्थित मानखोलामा नुहाउने क्रममा डुबेर सोही गाउँपालिका–६ सिमलघारी बस्ने १७ वर्षीया लक्ष्मी डांगीको मृत्यु भएको छ ।

सर्लाही, २९ जेठ । मंलगवा नगरपालिका–५ बाट अवैध लागूऔषध गाँजा करिब १० किलो ४ सय ९० ग्राम प्रहरीले बरामद गरेको छ ।

रौतहट, २९ जेठ । परोहा नगरपालिका–४ पोखरिया टोल बस्ने संजय ठाकुर लोहारको किराना पसलमा विद्युतको तार सर्ट भई आगलागाी भएको छ ।

महोत्तरी, २९ जेठ । मटिहानी नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई निःशुल्क पङ्खा र झूल वितरण गरेको छ ।

सर्लाही, २९ जेठ । जिल्लाको बागमती नगरपालिका वडा नम्बर १२ मा विषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।

विराटनगर, २९ जेठ । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

काठमाडौं, २९ जेठ । अन्नत श्री विभूषीत जगत गुरु रामान्नदचार्य स्वामी रामकृष्णचार्य महायोगी सिद्धबाबा । उनी सिद्दबाबाको नामले समेत परिचित छन् ।

बाँके, २९ जेठ । कोहलपुर नगरपालिका–१४ पार्वतीपुरस्थित गणपती प्लाईउड फ्याक्ट्रीमा काम गर्ने सोही नगरपालिका–७ बस्ने ५५ वर्षीय हरीभजन थारुको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ ।

कपिलवस्तु, २९ जेठ । अवैध लागूऔषधसहित ब्राउनसुगरसहित जिल्लाको छुट्टाछुट्टै स्थानबाट तीन जना पक्राउ परेका छन् ।

पर्सा, २८ जेठ । वीरगंज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

मोरङ, २८ जेठ । कटहरी गाउँपालिका–२ गोपाल फनपार्कस्थित सडकमा प्रदेश १–०२–००१ ख ८४३९ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

पर्सा, २८ जेठ । वीरगंज महानगरपालिका–१० बाट विभिन्न हतियारको १ सय २ राउण्ड गोली बरामद भएको छ ।

काठमाडौं, २८ जेठ । जन्मदिनमा तडक–भडकका साथ मनाउने परम्परालाई तोड्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले उदाहरणीय कार्यको सुरुवात गरेका छन् ।

ट्रेन्डिङ