कैलाली, ६ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा प्रदेशभरि सार्वजनिक विदा दिइएको छ ।

कपिलवस्तु, ५ असार । कपिलवस्तु नगरपालिका–९ कुस्मा बस्ने ३१ वर्षीया सुस्मा जिसिको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

सर्लाही, ५ असार । मलंगवा नगरपालिका–८ गोरखकाली चोकबाट स्रोत नखुलेको १५ लाख ५० नेपाली रूपैयाँ र २ हजार ६ सय ४० भारतीय रूपैयाँसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, ५ असार । लामो समयदेखि नागारिकताको माग गर्दै शान्तिपूर्ण धर्ना, प्रदर्शन गर्दै आइरहेको नागरिकताविहीनहरुमाथि मंगलबार प्रहरीले बल प्रयोग गर्दै हस्तक्षेप गरेको छ ।

काठमाडौं, ५ असार । नागरिकताविहीनहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दै हस्तक्षेप गरेको छ ।

काठमाडौं, ५ असार । छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपाल र बंगलादेशसँग त्रिपक्षीय ऊर्जा व्यापार सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएको छ ।

काठमाडौं, ५ असार । नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज पनि कुनै फैसला गरेन । आज फेरि नागरिकता मुद्दामा हेर्न नमिल्ने अवस्था सिर्जना भएको अधिवक्ता विकास ठाकुरले बताएका छन् ।

काठमाडौं, ५ असार । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)मा अनुगमन गरेकी छन् ।

काठमाडौं, ५ असार । नागरिकताविहीनहरुको न्यायका लागि सत्याग्रह (आमरण अनसन) गरिरहेका नेकपा (माओवादी केन्द्र)का नेता रामकुमार शर्मा अस्पताल भर्ना भएका छन् ।

वीरगंज, ५ असार । वीरगंजका ट्रान्सपोर्ट व्यवसायीहरूले अनिश्चितकालीन ट्रान्सपोर्ट बन्दको घोषणा गरेका छन् ।

विराटनगर, ५ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन् ।

जनकपुरधाम, ४ असार । तराई–मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता डा. विजय कुमार सिंहले समाजवादी मोर्चाको गठनलाई कम्युनिस्टहरुको मोर्चाबन्दी भएको बताएका छन् ।

काठमाडौं, ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य मनिष झाले नागरिकता समस्यालाई पुराना दलहरुले विगत तीन वर्षदेखि अल्झाएर राखेको आरोप लगाएका छन् ।

भक्तपुर, ४ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले आफू र आफ्नो पार्टी मधेशको सवालमा गम्भीर रहेको बताएका छन् ।

काठमाडौं, ४ असार । नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन् ।

काठमाडौं, ४ असार । बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को बिमोचन भएको छ ।

काठमाडौं, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभाको तुम्लिङटार पुगेका छन् ।

काठमाडौं, ४ असार । नेपालको पहाडी क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो धन–जनको क्षतिप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ध्यानाकर्षण भएको छ ।

काठमाडौँ, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन् ।

सिरहा, ४ असार । लहान नगरपालिका–२१ बेतहा बस्ने बिल्टु साह सहित ३ जनाको घरमा आइतबार राति आगलागी भएको छ ।

रौतहट, ४ असार । जिल्लाको छुट्टाछुट्टै स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

महोत्तरी, ३ असार । मटिहानी नगरपालिका–७ मा निर्माण भएको सामुदायिक भवन उद्घाटन भएको छ ।

बाँके, ३ असार । बाँके जिल्लाको नेपालगंञ्ज उपमहानगरपालिका १६ जयसपुर ईलाकाबाट १९ लाख २६ हजार रुपैयाँ बराबरको मोबाईलका डिस्प्ले सशस्त्र प्रहरीले बरामद गरेको छ ।

रुपन्देही, ३ असार । जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट १ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको मख्खन र एउटा मोटरसाईकलसहित सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका ९ बर्मेलिटोल बस्ने ३५ बर्षिय गोपाल आडवानीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा गरेको छ ।

सर्लाही, ३ असार । चन्द्रनगर गाउँपालिकाले गर्ने बालिका सम्मेलन स्थगित भएको विरोधमा प्रदर्शन गरिएको छ ।

ट्रेन्डिङ