कमल राज पौडेल देवकमल, बर्दिया, १६ असार । बर्दिया जिल्लाका ८ वटै पालिकाका प्रमुख बजारहरुमा बोइलर कुखुराको अभावका कारण मासु पसलमा लामो भिड देखिने र आवश्यक अनुसारको मासु पाउन गाह्रो भएको छ ।
नेपालगन्ज, १५ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने गरी काम भइरहेको बताएकी छन् ।
काठमाडौं, १५ असार । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई नेपाल प्रहरीले काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको छ ।
पोखरा, १५ असार । शुक्रबार पोखरामा सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री बैठकपछि मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई १७ बुँदे साझापत्र बुझाएका छन् ।
कमल राज पौडेल देवकमल, बर्दिया, १५ जेठ । धान दिवसको अवसरमा रोपाई र हिले दौड प्रतियोगितामा उत्कृष्ट भएका १४ जना कृषकलाई सम्मान गरिएको छ ।
काठमाडौं, १५ असार । आज असार १५ गते अर्थात् नेपालमा राष्ट्रिय धान दिवसको रुपमा मनाउन लागिएको दिन हो ।
पोखरा, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठनको ६ महिनाको अवधिमा सरकारले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताउँदै दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलकदमीबाट जस्तासुकै चुनौतीलाई पनि अवसरमा बदल्न सकिने बताएका छन् ।
कमल राज पौडेल देवकमल, बर्दिया, १४ जेठ । बर्दिया जिल्लामा विगत तीन वर्ष यता पशुमा लाग्ने खोरेत रोग देखा नपरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यलय गुलरिया बर्दियाका कार्यलय प्रमुख सागर ढकालले बताएका छन् ।
सप्तरी, १४ असार । तिरहुत गाउँपालिका–५ मैनाकडेरीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु भएको छ ।
बाँके, १४ असार । कोहलपुर नगरपालिका–११ हाम्रो बजारस्थितबाट ९ फिट ५ इन्च लामो पाटेबाघको छाला र १ सय ३० वटा हड्डी गरी जम्मा ६ केजी ८ सय १८ ग्राम वन्यजन्तुको हड्डीसहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, १४ असार । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।
कपिलवस्तु, १४ असार । शुद्धोधन गाउँपालिका–५ ठुलो गन्वरीया बस्ने चैत्र यादवकी छोरी १० वर्षीया लक्ष्मी यादवको सोही ठाउँस्थित पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।
काठमाडौं, १३ असार । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले संघीय सरकारको बजेटको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ ।
काठमडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चतामात्र प्रमाणित गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको बताएका छन् ।
मोरङ, १३ असार । बुढिगंगा गाउँपालिका–४ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ३८ केजी बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
काठमाडौं, १३ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका छन् ।
काठमाडौं, १२ असार । मुस्लिमहरुको महान पर्व बकर इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
काठमाडौं, १२ असार । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मुलुकभरका सुकुम्वासीहरुको व्यवस्थापनको काम क्रमबद्धरुपमा भइरहेको बताएकी छन् ।
बाँके, १२ असार । नेपालगंज उपमहानरपालिका–२० राझा चोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।