बाँके, ९ असार । कोहलपुर नगरपालिका–११ बगिया बस्ने २५ वर्षीय गुज्जेश्वर घर्तीको करेन्ट लगेर शनिबार दिउँसो मृत्यु भएको छ ।

कैलाली, ९ असार । लम्कीचुहा नगरपालिका–४ बस्ने ५२ वर्षीय भिगुराम चौधरी सोही ठाउँस्थित पुर्णीमा सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तु, ९ असार । शिवराज नगरपालिका–९ रमुदहवाबाट अवैध लागूऔषध चरेशसहित दुई जना परेका छन् ।

मोरङ, ८ असार । धनपालथान गाउँपालिका–४ कर्सिया बजारस्थित रंगेली नगरपालिका–७ बस्ने दिपेन सोनीको राधेकृष्ण ज्वेलर्सबाट लाखौं धनमाल चोरी भएको छ ।

नवलपरासी (पूर्व), ८ असार । गैंडाकोट नगरपालिका–३ तात्रीवासस्थितमा सिचाईको लागि जम्मा गरेको पानीको ड्याममा डुबेर एक किशोरको मृत्यु भएको छ ।

पर्सा, ८ असार । वीरगंज महानगरपालिका–१६ स्थित सडकबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् ।

रौतहट, ८ असार । चन्द्रपुर नगरपालिका–४ बाट अवैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

कैलाली, ८ असार । धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक किशोर पक्राउ परेका छन् ।

जनकपुरधाम, ८ असार । आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि जनकपुरधाम उपमहानगरपालिकाले २ अर्ब २८ करोड २३ लाख ६९ हजार २ सय ९० रुपैयाँको आय व्ययसहितको बजेट सार्वजनिक गरेको छ ।

बाँके, ८ असार । नेपालगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम सुरु भएको छ ।

काठमाडौं, ८ असार । डिजिटल शिक्षण र सिकाइमा समर्पित “लर्निङ एप्प” मेरो शिक्षाको कार्यकारी सल्लाहकार र ब्राण्ड एम्बेस्डरको रुपमा प्रभावशाली युवा नेता मनिष मिश्र नियुक्त भएका छन् ।

कमल राज पौडेल देवकमल, बर्दिया, ८ असार । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वखानेपानी मन्त्री अब्दुल खानले सरकारले आर्थिक बर्ष २०८०/०८१ को बजेट विभेदकारी रहेको आरोप लगाएका छन् ।

वीरगन्ज, ७ असार । जनमत पार्टीले संघीय सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटको प्रतिलिपि जलाएको छ ।

रुपन्देही, ७ असार । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

काठमाडौँ, ७ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले एकलौटी ढंगबाट बजेट ल्याएको आरोप लगाएका छन् ।

बीरगंज, ७ असार । जनमत पार्टीका नेता बीपी साहले अब मधेश प्रदेशमा एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन् ।

बाँके, ७ असार । खजुरा गाउँपालिका–३ मनकामना मन्दिरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

काठमाडौं, ७ असार । संवैधानिक आयोहरुलाई सरकारले नै निरीह बनाएको मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बताएका छन् ।

जनकपुरधाम, ७ असार । तराई–मधेश लोकतान्त्रिक पार्टीले जिल्ला प्रशासन कार्यालयहरुले कानूनको सम्मान गर्दै प्रमाणीकरण भई कानून बनिसकेको संशोधित नागरिकता ऐनअनुसार नागरिकता प्रमाण–पत्र जारी गर्ने कार्य प्रारम्भ गर्नुपर्ने बताएको छ ।

काठमाडौं, ७ असार । नागरिकता मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको छ ।

कपिलवस्तु, ६ असार । शिवराज नगरपालिका–६ बिरपुरस्थित श्री बिजय स्टिल प्रालि बिरपुरमा आगलागी भएको छ ।

वीरगन्ज, ६ असार । मधेश प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाले आर्थिक वर्षका बजेट प्रस्तुत गरेको छ ।

जनकपुरधाम, ६ असार । भाटभटेनी सुपरस्टोर मधेश प्रदेशको राजधानी जनकपुरधाममा सञ्चालनमा आएको छ ।

बाँके, ६ असार । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेलाई थारू आयोगले ‘थारू रत्न’बाट सम्मान गरेको छ ।

वीरगन्ज, ६ असार । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मधेश प्रदेशले सङ्घीयतालाई कार्यान्वयन गर्न अन्य प्रदेशभन्दा सदैव अग्रस्थानमा रहेर काम गरेको दाबी गरेका छन् ।

ट्रेन्डिङ