धनगढी, २८ जेठ । कैलालीको गौरीगंगा नगरपालिका १ गोप्कामा बुहारीको हत्या आरोपमा सासू ससुरा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही, २८ जेठ । तिलोत्तमा नगरपालिका वडा नं ३ शान्तिकुञ्जमा शनिबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ पशुपति क्षेत्रको निरीक्षण अवलोकन गरेका छन् ।

जनकपुरधाम, २७ जेठ । जनकपुरधाममा त्रि–दिवसीय साहित्य महोत्सव ‘विमर्श’ सुरु भएको छ । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले सो साहित्य महोत्सवको उद्घाटन गरेका छन् ।

नेपालगञ्ज, २७ जेठ । बढ्दै गएको अत्यधिक गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाले जेठ २८ गतेदेखि ३० गतेसम्म तीन दिन गर्मी बिदा थप गरेको छ ।

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति र ज्यापू महागुथीद्वारा संयुक्तरुपमा आयोजित नेपाल अर्केष्ट्रा–११४३ को एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

कमल राज पौडेल देवकमल, बर्दिया, २७ जेठ । स्वास्थ्य कार्यालय बर्दियाले जिल्लामा दादुरा रुबेला खोप लगाउन अभियान संचालन गर्ने भएको छ ।

दिनेश ठाकुर, नेपालगञ्ज, २७ जेठ । बाँकेको जानकी गाउँपालिकामा शनिबार गाउँपालिकास्तरीय स्वयंसेवी रक्तदाता समाजको उपशाखा गठन गरिएको छ ।

कमल राज पौडेल देवकमल, बर्दिया, २६ जेठ । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले देश जोगाउन सांसद विकास कोष खारेज गर्नु पर्ने धारणा राखेका छन् ।

काठमाडौं, २६ जेठ । नागरिकता माग्दै नागरिकताविहीन युवाले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

बाँके, २६ जेठ । जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट श्रोत नखुलेका १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, २६ जेठ । मिथिला नगरपालिका–१० धारापानी चौरीस्थित सडकमा शुक्रबार बिहान प्र.१–०२–००४६ प ८३३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजार बस्ने २४ वर्षीय रोनक साहको मृत्यु भएको छ ।

मोरङ, २६ जेठ । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

कपिलवस्तु, २६ जेठ । नेपाल पशु स्वास्थ्य प्राविधिक संघको ८औ स्थापना दिवसको अवसरमा तौलिहवास्थित बाल गृहका बालबालिकालाई सहयोग गरेर संघको स्थापना दिवस मनाएको छ ।

मोरङ, २६ जेठ । कानेपोखरी गाउँपालिका–३ जयनेपाल चोक बस्ने गणेश चौधरीको ग्वालीमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

काठमाडौं, २५ जेठ । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋण जालमा फसाउन खोजिरहेको आरोप लगाएका छन् ।

बुटवल, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताएका छन् । बुटबलमा लुम्बिनी केवलकारको बिहीबार उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

जनकपुरधाम, २५ जेठ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति एवं समाजसेवी डा. रामकेवल साहको निधन भएको छ ।

कमल राज पौडेल देवकमल बर्दिया, २५ जेठ । कृषि मेसिनरी औजार मर्मत सम्भार तालीममा सहभागी कृषकहरुले आफूहरुलाई तालीममा सहभागी भए बापत भत्ता होइन कृषि मेसिनरी औजार दिनु पर्ने माग राखेका छन् ।

दिनेश ठाकुर, नेपालगञ्ज, २५ जेठ । नेपालगञ्ज टेक्निकल कलेजद्वारा शैक्षिक प्रदर्शनीको आयोजना आयोजना गरिएको छ ।

रूपन्देही, २४ जेठ । तिलोत्तमा नगरपालिका–१० कान्छी बजारस्थित सडकमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।

काठमाडौं, २४ जेठ । अवैध अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही, २४ जेठ । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि जेठ २५ गते बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा हुने भएको छ ।

कपिलवस्तु, २४ जेठ । कृष्णनगर नगरपालिका–२ यात्रु गेटबाट श्रोत नखुलेको ४ लाख १७ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

कमल राज पौडेल देवकमल, बर्दिया, २४ जेठ । स्वास्थ कार्यालय बर्दिया र जिल्ला समन्वय समिति बर्दियाको समन्वयमा प्रारम्भिक बाल बिकास कार्यक्रम विषयक जिल्लास्तरीय छलफल गोष्ठी सम्पन्न भएको छ ।

ट्रेन्डिङ