काठमाडौं, २३ फागुन । टीकापुर घटनासम्बन्धि जिल्ला अदालत कैलालीले गरेको फैसला दुर्भाग्यपूर्ण रहेको आरोप थारू कल्याणकारिणी सभाले लगाएको छ ।
काठमाडौं, २३ फागुन । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई रिहा गर्न आदेश दिएको छ ।
काठमाडौं, २३ फागुन । टीकापुर घटनाको प्रतिवादीको रुपमा सजाय काटिसकेपछि रिहा भएका राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मण थारुलाई स्वागत गरिएको छ ।
काठमाडौं, २२ फागुन । केपी शर्मा ओली नेतृत्वको सरकारबाट राष्ट्रिय जनता पार्टी नेपालले समर्थन फिर्ता लिएको छ ।
कैलाली, २२ फागुन । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट अत्यधिक मतबाट निर्वाचित रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।
झापा, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना पूरा गर्न पार्टी एकता गरिएको बताएका छन् ।
काठमाडौं, २१ फागुन । हाल संसदमा विचाराधीन रहेको ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ का प्रावधान प्रति प्रतिनिधि सभाको राज्य व्यवस्था समिति सदस्यहरुबीच नै मतभेद रहेको र नागरिक समाजका सदस्यहरू बिच पनि विविध चिन्ता र चासो देखिएको अवस्था प्रति विवेकशील साझा पार्टीको गंभीर ध्यानाकर्षण भएको छ ।
जनकपुरधाम, २१ फागुन । प्रदेश नं. २ लाई समृद्ध बनाउने विषयमा संघीय सरकार, प्रदेश सरकार र विज्ञहरु बीच जनकपुरधाममा वृहत छलफल सम्पन्न भएको छ ।
काठमाडौँ, २१ फागुन । सङ्घीय समाजवादी नेवाः सङ्घको बार्षिक सभा तथा पुनर्गठन कार्यक्रम यहि शनीवार काठमाडौँको नरदेवीमा सम्पन्न भएको छ ।
जनकपुरधाम, २० फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले आफू निश्चित समयमा नै पार्टी महाधिवेशन गराउने पक्षमा रहेकोले महाधिवेशन नचाहनेहरुले आफू विरुद्ध षडयन्त्रको जालो बुन्न थालेको आरोप लगाएका छन् ।
काठमाडौं, २० फागुन । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोको स्वकीय सचिव पदबाट राजीनामा दिएका रविन्द्र कुमार चौधरी (राजेश)ले विभिन्न किसिमका आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् ।
सिरहा, २० फागुन । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले उत्पीडनमा परेका समुदायले न्यायको अनुभुति गर्ने गरी कानुनहरु बनाइरहेको बताएका छन् ।
काठमाडौं, १९ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद तथा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोका स्वकीय सचिव रविन्द्र कुमार चौधरी (राजेश)ले राजीनामा दिएका छन् ।
काठमाडौं, १९ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भरतमोहन अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
धनगढी, १८ फागुन । नेपाल परिवार दलले राष्ट्रिय जागरण अभियान २०७५ को औपचारिक रुपमा सुरुवात गरेको छ ।
रौतहट, १७ फागुन । निर्वाचित भएदेखि छोरीहरुको प्राविधिक शिक्षा निःशुल्क रुपमा निजि स्रोतबाट दिँदै आएका गौर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष भरत साहले निःशुल्क कम्प्युटर शिक्षाको पाचौं सत्र सफलतापूर्वक सम्पन्न हुन लागेको देखेर आफु निकै उत्साहित रहेको बताएका छन् ।
कपिलवस्तु, १५ फागुन । जिल्लाबासीले प्रदेश ५ को नाम लुम्विनी र राजधानी कपिलवस्तु हुनुपर्ने माग गरेका छन् । प्रदेश ५ विशेष समितिले तौलिहवामा राखेको विचार तथा सुझाव संकलन कार्यक्रममा जिल्ला बासीले यस्तो बताएका हुन् ।
वीरगन्ज, १४ फागुन । भारतको पुलवामा बमकाण्ड विरुद्धमा राष्ट्रिय जनता पार्टी नेपालका भ्रातृ संगठनहरुले विशाल विरोध प्रदर्शन गरेका छन् ।
जनकपुरधाम, १३ फागुन । राष्ट्रिय जनता पार्टी नेपालको चारदिने विस्तारित बैठक संयोजक महेन्द्र यादवको अध्यक्षतामा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा सम्पन्न भएको छ ।
काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसले पार्टीको विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ ।
काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने बताएका छन् ।
सुनसरी, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेसले सरकारलाई कमजोर देखाउन हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।
काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका लागि बलिदानी गर्नुपर्ने समय सकिएको बताएका छन् ।
काठमाडौं, ११ फागुन । संघीय समाजवादी फोरम, नेपाल काठमाडौँ महानगरपालिका वडा नं १३ को प्रथम वडा अधिवेशन शनिवार कालिमाटीस्थित एफ टेन ब्यान्क्वेटमा सम्पन्न भएको छ ।