एक्लै चुनाव लड्ने यसपाली कसैमा हिम्मत देखिएन । गठबन्धनबाट फेरि एकपल्ट जनतालाई झुक्याउन पाइन्छ कि भनेर सत्तापक्ष र प्रतिपक्ष दुबैले गठबन्धन बनाएका छन् ।
आरक्षण आन्दोलनको अवधारणा निर्माण गर्नुदेखि लिएर आरक्षण आन्दोलनलाई उत्कर्षमा पु¥याउँदै राज्यलाई आरक्षण नीति अँगाल्न बाध्य पार्ने काम मधेशले ग¥यो । तर नेपालको संविधानले त्यसैको आधारमा समावेशी आयोग बनाउँदा आयोगको मूल कर्तव्यमा अरू सबै वर्ग समुदायको नाम लिइयो ।
हाम्रा अग्रजदेखि हाम्रो पुस्तासम्ममा जति नै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि लडाइ लडे पनि ती सबै लडाइको एउटै उद्देश्य थियो नागरिक स्वतन्त्रता । जुन अहिलेसम्म आउँदाखेरी सिर्फ दलीय स्वतन्त्रतामा आएर अडकेको छ । नागरिक स्वतन्त्रता या ब्यक्तिगत स्वतन्त्रता अहिले नेपालमा छैन ।
नागरिकता विधेयकमा ओली र राष्ट्रपतिको दाहोरो चरित्र यसै पनि स्पष्ट हुन्छ । यसमा सरकार पक्षबाट राष्ट्रपतिको मानमर्दन कसरी भयो ? अनावश्यक रुपबाट विरोध खडा गरि नागरिकता विधेयकलाई विवादित बनाएर राख्ने कुन शक्ति हो जनता स्पष्ट थाहा पाएको छ । अन्तर्विरोधलाई चर्काएर द्वन्द्व ल्याउने तथा निर्णायक शक्तिको भूमिकामा वर्चस्व कायम गरी शासन गर्ने साजिश पुरानो भई सक्यो ।
सर्वोच्च अदालतले पर्यावरण जोगाउन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बिकल्प खोज्न दिएको आदेश स्वागत योग्य छ। यसले पिडित टाङगीया बस्तीका बासिन्दा, सहजनाथ र तामागढ़िका करिब तिन लाख उपभोक्ता लाभान्वित हुने भएका छन।
मेरो राजनीतिक पृष्ठभूमि लोकतान्त्रिक धारबाट शुरू भएको र तत्कालीन नेपाली काँग्रेसको पारिवारिक पृष्ठभूमि रहेको छ । कलेज पढ्दाको बखत नेविसंघ तथा नेपाली काँग्रेसलाई औपचारिक/अनौपचारिक सहयोग गरियो । त्यसबेला हाम्रो निर्वाचन क्षेत्र सर्लाहीको तत्कालीन सांसद मा.महन्थ ठाकुर हुनुन्थ्यो, उहाँ नेपाली काँग्रेसबाट नै हुनुहुन्थयो ।
चुनावको अघिल्लो दिनसम्म सबैतिर बालेन शाह भनेर चिनिने व्यक्ति चाहिँ चुनावपछि बालेन्द्र साह भनेर चिनिन थालेका छन् । समय बितिदै जाँदा बालेनले आम जनताबाट लुकाएर राखेका नाममा भएको थरसँगै अन्य धेरै तथ्यहरू बाहिर आउन थालेको छ ।
नेपालमा नेता धेरै छन् तर असल नेताको खोज जारी नै रहेको छ। राजनीतिक दलमा आबध्द हुने र पद पाउने र चुनाव जिते पछि नेता हुने हाम्रो चलन नै भैसकेको छ।तर समाजको अगुवाई गर्ने, जनतालाई संगठित गर्ने र सामुहीक (समुदायको) मुद्दाको नेतृत्व गर्नेलाई खासमा नेता मान्नु पर्ने हो।
नौ दिनसम्म मनाउने नवरात्रमा कुन कुन दिन कुन कुन रुपको पुजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कुन कामनाको लागि पुजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा बताइएको छ।सावधानीपुर्वक विधि अनुरुप विभिन्न रुपको पुजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने धर्म शास्त्रमा बताइएको छ ।" यं यं चिन्तयते कामं तं तं प्राप्नोती निश्चितम् " ।
वैदिक सनातन धर्मालम्बी अर्थात हिन्दुहरुका महत्वपूर्ण चाँड पर्वहरु मध्ये होली एक महत्वपूर्ण पर्व हो। खासगरी नेपाल र भारतमा बिशेष महत्वका साथ होली मनाउने चलन रहेको पाइन्छ। होली बसन्तको चाँड , रंङ्खहरुको पर्व , प्रेमको उत्सव आदि नामले परिचित रहेको छ ।
प्रत्येक बर्ष भगवान राम र सिताको सम्झनामा परिक्रमा यात्रा गर्ने चलन मिथिलामा रहेको छ । जानकारहरुको अनुसार ३०० बर्ष अगाडी अर्थात १८ औँ शताब्दीदेखि यो धार्मिक यात्रालाई मध्यमा परिक्रमाको रुपमा मनाउदै आएको हो । बृहत, मध्यमा र अन्तरगृह गरी तिन प्रकारको परिक्रमा मनाउने चलन रहेको छ । यस लेखमा बृहत परिक्रमाको बारेमा उल्लेख नगरिए पनि चलनमा रहेको छ ।
हामीले दिएको नारा लक्षित वर्ग कतिको लाभान्वित भयो भन्ने प्रमुख कुरा हो । तसर्थ, यो नारी दिवसलाई एउटा फेसनको रुपमा नलिई गत एक वर्षभित्र यसले कतिको सार्थक परिणाम दिन सक्यो यसमा जोड दनु आजको आवश्यकता हो । महिला पीडित, हिंसामा छन् भनेर मात्रै हुँदैन, त्यसको समाधानका विषयमा पनि लाग्नुपर्ने देखिन्छ ।
यो विशुद्ध भौतिक पूर्वाधार निर्माणका लागि गरिने आर्थिक सहयोग हो, राजनीति, कूटनीति र भूराजनीतिसँग यसको कुनै साइनो छैन । यो सहयोग विकास र प्रजातन्त्रको उन्नतिमा कोसेढुङ्गा पनि बन्नसक्छ । प्रजातन्त्रको स्थायित्व र विकासका पक्षमा आउने सहयोग सरकारका लागि नभई मुलुक र मुलुकबासीको हितकै लागि आउने हो ।
एमसीसीको विरोध गर्दा राष्ट्रवादी भाष्य दिएको छ तर आश्चर्यको कुरा हो बिआरआइको बारेमा रहश्यमय मौनता देखिन्छ । चीनको बिआरआइको आयोजनाको बारेमा कुरागर्नु पर्दा खासगरी बेल्ट अन्तर्गत चीन हुँदै दक्षिण तथा मध्य एशिया र युरोपसम्म सडक तथा रेल कनेक्टिभिटी वा सञ्जालमा जोड दिइएको छ भने रोड अन्तर्गत सामुद्रिक मार्ग तथा बन्दरगाहहरूमार्फत् दक्षिणपूर्वी एशिसिया, खाडी क्षेत्र,
नेपालीप्रतिको पश्चिमा दृष्टिकोण ‘एकेडेमिया’, आवतजावतको शृंखला, इत्यादीमा असर पर्ने छ । त्यो कठोर हुनसक्छ, नेपालीलाई स्वाँठको दर्जामा राख्न बेर छैन । एमसीसी फिर्ता भए भविष्यमा नेपालमा लगानी गर्न आँट कसैले गर्दैनन् । यो खतरनाक परिस्थिति हो ।
धेरै संघर्ष गरेर हामी पहिले प्रजातन्त्र, त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्र पायौं । विकासका ठूला ठूला आयामहरु, विचारहरु आयातित गर्दै जाने तर हाम्रो समाजलाई विचारशील नबनाई अनैतिक तवरले बिगार्दै जाने व्यवहारले न देशमा सुशासन आउने न सभ्य समाजको निर्माण हुन सक्ने कुराको मनन हुन आवश्यक छ ।
सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचन मिति घोषणा भएसँगै दलहरु निर्वाचन केन्द्रित तयारी सुरु गर्न थालेका छन् ।
पूर्वाग्रह, भ्रम र गलत व्याख्याका आधारमा सम्झौता विरूद्धको आलोचनालाई ध्यानमा राखी कुनै पनि पक्षमा सम्बन्धित निकायसँग स्पष्टीकरण माग्न सकिन्छ । संसदबाट स्वीकृत भएर मुख्य काम गर्नुपर्ने भए पनि ४ वर्ष बितिसक्दा पनि एमसीसी कार्यान्वयनको प्रक्रिया अघि बढ्न सकेको छैन ।
विगतका वर्षहरुमा झै वर्ष २०२२ को फेब्रुवरी २ तारिखमा पनि Wetlands Action for People and Nature भन्ने उदघोषका साथ विश्व सिमसार दिवस विश्वव्यापी रुपमा मनाईदैछ । समग्र मानव जगत र ब्रहमाण्डको लागी सिमसार क्षेत्रको महत्वको वारेमा सचेतना जगाउने उदेश्यका साथ मनाउन लागिएको विश्व सिमसार दिवस, २०२२ ले क्षयीकृत तथा लोपोन्मुख सिमसार क्षेत्रको पुनः भरण एवं संरक्षण
नेपाली जनतालाई स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन ईतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्था विरुद्ध भएका आन्दोलनहरुमा शहिदहरुले आफनो बलिदानी दिएका छन् ।
२०४७ साल माघ २१ गते सोमवारका दिन श्रदेय नेता गजेन्द्र नारायण सिंह एवं बाबा रामजनम तिवारीको नेतृत्वमा सिंहदरवार घेराउ एवं धर्ना कार्यक्रमको निम्ती गौशाला धर्माशालाबाट सिंहदरवारको पश्चिमी गेट तिर आफ्ना ५ बुंदे माँग लेखिएको तुल, व्यानर, प्लेकार्ड आदि वोकेर नारा लगाउँदै जुलुस अगाडी बढी रहेको थियो कि मूलगेट नपुग्दै, न प्रहरीले पूर्व कुनै सूचना दिए, न त कुनै वार्निङ्ग नै, जुलुस उपर एकासी लाठि वुट प्रहार गर्न थाले ।
घट्दै गरेको सार्थक देखेर यिनले जसरी पनि आफूलाई बलियो सावित गर्न हदैसम्मको निच हर्कत गरेको देखिन्छ । यिनले आफ्नो आतंक जसरी पनि फैलाउन खोजेको देखिन्छ । यिनले आतंक फैलाएर नै जनमत बटुल्न खोज्दै गरेको देखिन्छ ।
सीके राउत आफ्नो दलीय स्वार्थभन्दा माथि नउठी अहिलेको किसान आन्दोलन आम किसान आन्दोलनमा परिणत हुन् सम्भव छैन र यसैकारण किसान आन्दोलन तुहिए त्यसको दोषी सीके राउत नै हुनेछन् । त्यस अवस्थामा इतिहासले किसान आन्दोलनमा उसको घुसपैठ भएको नै भन्ने छन्, त्यसैले खुल्ला हृदयले यसलाई बृहत रूप दिने प्रयास गर्नुपर्छ ।
किसानको आन्दोलनलाई दबाउन खोज्नेहरू नै आन्दोलनको अवज्ञा गर्न खोज्ने, उक्साउने, आक्रोशित पार्ने जस्ता कार्यहरू गरिरहेकाले यो आन्दोलन अलिकति उग्र देखिएको हुनसक्छ । तर नीतिगत रूपमा यो आन्दोलन हिंसात्मक हुनुपर्छ भनेर कसैले भनेको छैन ।