रौतहट, ८ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सोमवार मौलापुर नगरपालिकाद्वारा निर्मित श्री राम जानकी आधरभूत विद्यालय, पथरा बुधरामको नवनिर्मित चार कोठे भवनको उद्घाटन गर्दै सरकारको अपरिपक्व शिक्षा विधेयकले देशमा द्वन्द निमत्याएको जिकिर गरेका छन् ।
जनकपुरधाम, ८ असोज । राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधाम आइपुगेका छन् । प्रसिद्ध जानकी मन्दिरमा राष्ट्रपति पौडेलले दर्शन तथा पूजा अर्चना गरेका छन् ।
वीरगंज, ८ असोज । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार सम्पन्न सर्वदलीय बैठकले नेपाल सबै वर्ग, समुदाय, धर्म मान्ने बिचको साझा फूलबारी भएका हुँदा आपसी सद्भाव कायम राखेर सबैले सबैको धार्मिक, परम्परा, रीतिरिवाजको सम्मान गर्ने निर्णय गरेको छ ।
काठमाडौं, ८ असोज । ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले आगामी मंसिर ६ देखि ९ गतेसम्म दिगो र सकारात्मक रुपान्तरणका लागि प्रसंसनीय नेतृत्व प्रशिक्षक प्रशिक्षण गर्ने भएकोछ ।
काठमाडौं, ७ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले न्यायको माग गर्दै संघर्ष गरिरहेका आरती साहको परिवारसँग भेटेका छन् ।
कैलाली, ७ असोज । लम्की चुहा नगरपालिका–१० सुतैयाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ३ सय २० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ७ असोज । मधेशी आयोगले सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा कृष्णाष्टमी पुजाको मुर्ती जलप्रवाह, विश्वकर्मा पुजाको मुर्ती जलप्रवाह तथा गणेश पुजाको मुर्ती जलप्रवाह गर्न जाँदा पथमा अवरोध उत्पन्न गराई साम्प्रदायिक दंगा फैलाउने घटनाको सत्यतथ्य पता लगाउन एक उच्चस्तरीय अनुगमन टोली सर्लाही पठाएको छ ।
महोत्तरी, ७ असोज । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास महोत्तरीले मटिहानी नगरपालिकाको सहकार्यमा मटिहानीमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं, ७ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
काठमाडौं, ७ असोज । पार्टी गठन भएको दुई वर्षपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी नेपाल बल्ल आफ्नो केन्द्रीय समिति गठन गर्न लागेको हो ।
काठमाडौं, ७ असोज । जनता समाजवादी पार्टी नेपालले आइतबारदेखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
रौतहट, ७ असोज । पूर्वमन्त्री प्रभू साह नेतृत्वको आम जनता पार्टी निकट आईटी आर्मीको गरुडा नगर भेला सम्पन्न भएको छ ।
विराटनगर, ६ असोज । छैटौँ अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस तथा अन्तर्राष्ट्रिय बहिरा सप्ताह–२०२३ को अवसरमा विराटनगरमा जनचेतनामूलक र्याली निकालिएको छ ।
इमरान खान, कपिलवस्तु, ६ असोज । कपिलवस्तुलाई हेर्ने दृष्टिकोणमा परिबर्तन गर्दै समग्र कपिलवस्तुको समृद्धिमा टेवा पुग्ने गरि आफूले योजना बनाउन पहल गर्ने नबनियुक्त लुम्बिनी प्रदेश योजना आयोग सदस्य सरोज खनालले बताएका छन् ।
कमल राज पौडेल (देव कमल), बर्दिया, ६ असोज । वि.स.१९९३ सालमा कपिलवस्तुको चैनपुरबाट विश्रामप्रसाद थारु जमिदार हरिहर गौतमको कमैयाको रुपमा काम गर्न आए ।
धनुषा, ६ असोज । मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा अन्दुपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको ज.१ क ३०० नम्बरको गोदावरी ईङ्लिस बोर्डिङ स्कुलको बसबाट लडेर बसका सह–चालकको मृत्यु भएको छ ।
कैलाली, ६ असोज । धनगढी उपमहानगरपालिका–२ चौराह बस्ने ४८ वर्षीय आनन्द केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा केसी समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रूपन्देही, ६ असोज । सियारी गाउँपालिका–४ धमसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७४ मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ५ असोज । राष्ट्रिय एकता अभियानले सर्लाही सदरमुकाम मलंगवामा हिन्दुमाथि भएको आक्रमणमा संलग्नलाई कारवाही गर्न र विदेशीको इसारामा संचालित जिहादीहरुलाई पक्राउ गर्नका लागि प्रहरीको विशेष दस्ता तयार गर्न माग गरेको छ।
इमरान खान, कपिलवस्तु, ५ असोज । कोभिड कहरपछि अर्थतन्त्र थला परिरहेको र त्यसको प्रत्यक्ष असर व्यवसाय माथी परिरहेको अवस्थामा अर्थतन्त्र चलायमान बनाउन र ब्याबसायिलाइ बिस्थापित हुनबाट जोगाउन तिनै तहका सरकारको सहयोग अवश्यक रहेको करदाता सेवा केन्द्र तौलिहवाका कर अधिकृत (प्रमुख) सुरेश बरालीले बताएका छन् ।
काठमाडौं, ५ भाद्र । राष्ट्रिय पिछ्डावर्ग महासंघले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
रूपन्देही, ५ असोज । सैनामैना नगरपालिका–११ ओखडा बस्ने ८१ वर्षीय पूर्ण भद्र रेग्मीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।