विराटनगर, २५ भाद्र । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ।

काठमाडौं, २५ भाद्र । राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत चेङ सोङको विरूद्धमा नाराबाजी गर्दै काठमाडौमा र्‍याली निकालेको छ ।

काठमाडौं, २५ भाद्र । संघीय राजधानी काठमाडौंमा सक्रिय रहेका विभिन्न नाई श्रमिक संगठनहरु मिलेर ‘संयुक्त नाई श्रमिक व्यवसायी संघ’ घोषणा गरेका छन् ।

महोत्तरी, २५ भाद्र । पिपरा गाउँपालिका–१ ढेकहा चोकस्थित सोही गाउँपालिका–४ पिपरा टोल बस्ने रेखा महासेठको हार्डवेयर पसलमा आगलागी भएको छ ।

प्रेमचन्द्र झा, रौतहट, २५ भाद्र । नेपाल सरकारले कोरोना पीडित जनतालाई सहयोग गर्न दिएको अनुदान रकममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् ।

नेपालगन्ज, २५ भाद्र । नेपालगन्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाखसहित कर अधिकृत पक्राउ परेका छन् ।

काठमाडौँ, भाद्र २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले श्रम आप्रवासन सम्बन्धी समस्याहरू र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन् ।

हेटौडा, २४ भाद्र । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरुको सातो गएको बताएका छन् ।

वीरगन्ज, २४ भाद्र । नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा वीरगन्जमा प्रवचन कार्यक्रम गरिएको छ ।

काठमाडौं, २४ भाद्र । सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा दुई पक्षबीच भएको ढुंगा हानाहान तथा झडपका विषयमा मुस्लिम आयोगले एक विज्ञप्ति जारी गरेको छ ।

काठमाडौं, २४ भाद्र । राष्ट्रिय एकता अभियानले नेपालका लागि चीनका राजदूत छन सङलाई ‘पर्सना नन ग्राटा’ घोषणा गर्न माग गरेको छ । अभियानले आइतबार परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र वुझाउँदै यस्तो माग गरेको हो ।

सर्लाही, २४ भाद्र । जिल्लाको सदरमुकाम मलंगवामा शनिबारदेखि लगाइएको कर्फ्यु आइतबार बिहान ८ बजेदेखि हटाइए पनि निषेधाज्ञा जारी रहेको छ ।

काठमाडौँ, २४ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो आसन्न चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गरेका छन् ।

विराटनगर, २४ भाद्र । कोशी प्रदेश सरकारले बजेट सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

काठमाडौं, २३ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बौद्धिक नेता डा.सुरेन्द्र झाले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई नेपालमा राजनीति नगर्न चेतावनी दिएका छन् ।

काठमाडौं, २३ भाद्र । नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिप्रति विरोध जनाउँदै लोकतान्त्रिक विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

काठमाडौं, २३ भाद्र । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टीले राज्ययन्त्रमा मात्र होइन, आफ्नो सङ्गठनात्मक काममा पनि सङ्घीयताको अभ्यास गर्नुपर्ने बताएका छन् ।

बारा, २३ भाद्र । प्रसौनी गाउँपालिका–२ पतंजलिस्थित अपुर्व प्लाई फेक्ट्रिको मटर मेसिनमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ ।

मोरङ, २३ भाद्र । पथरी शनिश्चरे नगरपालिका–६ तितरी झ्याङ बस्ने ५६ वर्षीया शन्तीला भट्टराई लुईटेलको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

बाँके, २३ भाद्र । राप्तीसोनारी गाउँपालिका–८ सम्शेरगंजस्थित सडकमा बिग्रिएर रोकि राखेको ट्रकमा बस ठोक्किँदा सात जनाको ज्यान गएको छ ।

रूपन्देही, २३ भाद्र । जिल्लाको देवदह नगरपालिका–१० चरङ्गे रम्भाटोल बस्ने ३० वर्षीय सुशिल पुनलाई ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।

विराटनगर, २२ भाद्र । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कुमार कार्की नियुक्त भएका छन् ।

बाँके, २२ भाद्र । जिल्लाको नेपालगंज उपमहानगरपालिका २१ बिर्ताबाटसशस्त्र प्रहरीले करीव १६ लाख रुपैयाँ बराबरको बोईलर कुखुराको चल्ला र पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

काठमाडौं, २२ भाद्र । कृषि अनुसन्धानको गुणस्तरका लागि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लाई राष्ट्रिय कृषि अनुसन्धान प्रणालीको रुपमा विकास गर्नुपर्ने विज्ञहरुले जोड दिएका छन् ।

कपिलवस्तु, २२ भाद्र । शुद्धोधन गाउँपालिका लवनीका कर्मचारीहरुले सरकारले स्थानीय तह र प्रदेश स्तरका कर्मचारीहलाई विभेद गरेको भन्दै निजामती कर्मचारी निजामती सेवा दिवस मनाउनुको साटो उल्टै स्थापना दिवसमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।

ट्रेन्डिङ