बाँके, २१ कार्तिक । जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी राति १० बजेसम्म देउसीभैलो खेल्न र राति ९ बजेसम्म मात्र मदिरा किनबेच गर्न सम्बन्धीत सबैमा आग्रह गरिएको छ ।
काठमाडौं, २१ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।
दिनेश ठाकुर, नेपालगञ्ज, २० कार्तिक । नेपालगञ्जको रानीतलाऊमा डेढदशकपछि डुङ्गा चल्न थालेका छन् । मङ्गलबार प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पुननिर्मित रानीतलाऊको उद्घाटन गरेका छन् ।
हेटौँडा, २० कार्तिक । रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिच्याउने काम ५० प्रतिशत सकिएको छ ।
जनकपुरधाम, २० कार्तिक । सम्पूर्ण तराई मधेशमा दीपावलीसँगै छठ पर्वको तयारी तथा रौनक पनि शुरु भइसकेको छ । असोज महीनाको कृष्ण पक्षको औँसी तिथिका दिन लक्ष्मी पूजा अर्थात् दीपावली मनाइन्छ ।
लमही, २० कार्तिक । सडक डिभिजन कार्यालय दाङले मुख्य राजमार्गका सडक मर्मत गर्न थालेको छ । जीर्ण सडक मर्मतका लागि करीब रु तीन करोड बजेट छुट्याइएको छ ।
कञ्चनपुर, २० कार्तिक । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालय भवन निर्माण गरिएको छ ।
राम नारायण पंडित, सिरहा, २० कार्तिक । श्रीमान मलेसियामा दोस्रो विबाह गरेपछि कर्जन्हा नगरपालिका बडा नं. ११ का ३५ बर्षीय अरहुलिया महतो बिच्चलीमा परेकी छिन् ।
नेपालगञ्ज, १९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले बाँकेको डुडुवा गाउँपालिकामा सोमबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
मोरङ, १९ कार्तिक । बिराटनगर महानगरपालिका–३ स्थित सडकमा ना.५ख ४५१३ नम्बरको बसलेको.१० प ६२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
चन्द्रकान्त खनाल, रुपन्देही, १९ कार्तिक । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पिताम्बर अधिकारीले चाडपर्वमा अबान्छित गतिबिधि गर्ने छुट कसैलाइ नहुने बताएका छन् ।
राजविराज, १९ कार्तिक । खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ ।
बर्दिया, १९ कार्तिक । बढैयाताल गाउँपालिका–३ गोबरियापुर बस्ने ३५ वर्षीय मोहन खटिकको गोली प्रहारबाट सोमबार बिहान मृत्यु भएको छ ।
कञ्चनपुर, १९ कार्तिक । भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ ।
कावासोती, १९ कार्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ११ जना घाइते भएका छन् ।
भद्रपुर, १९ कार्तिक । भद्रपुुर नगरपालिका–७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडावासीको आर्थिक सहयोगमा आइतबार वडा कार्यालयले मोटरसाइकल प्रदान गरेको छ ।
धनुषा, १८ कार्तिक । मिथिला नगरपालिका–६ बस्ने ३२ वर्षीय मकसुधन महतोको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।
विराटनगर, १८ कार्तिक । इस्लाम धर्मावलम्बीका अगुवा इमाम र हसनको स्मृतिमा मनाइने मोहरर्म पर्वको ४०औँ दिनपछि मनाउने ‘चलिस्मा पर्व’ आइतबार सम्पन्न भएको छ ।
धनगढी, १८ कार्तिक । खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । खाद्य संस्थानले निर्धारण गरेको मूल्यभन्दा बजारमा सस्तोमा चामल पाउन थालेपछि बिक्री हुन नसकेको हो ।
पर्सा, १८ कार्तिक । चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ ।
तुलसीपुर, १८ कार्तिक । तुलसीपुर उपमहानगरपालिकाले आधुनिक फलफूल तथा तरकारी बजार भवनको निर्माण गर्ने भएको छ ।
बुटवल, १८ कार्तिक । रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
महोत्तरी, १७ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको चार वर्षभित्र मुलुकका कुनै बस्ती सडक नपुगेको नहुने बताएका छन् ।
दिनेश ठाकुर, नेपालगञ्ज, १७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले ठेक्का लिएर लामो समयसम्म काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई अख्तियारले सुक्ष्म निगरानीमा राखेको बताएका छन् ।