जनकपुरधाम, २३ असोज । नेकपा एमालेको जनकपुरधाममा बुधबारदेखि हुन लागेको मधेश प्रदेशको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।

नेपालगन्ज, २३ असोज । अवस्था सामान्य बनेपछि नेपालगन्जको कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइएको छ ।

कमल राज पौडेल देवकमल, बर्दिया, २३ असोज । जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत दुर्गा प्रसाईं माथि भएको दुर्व्यवहारका विरुद्ध राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔ महाअभियान बर्दियाका संयोजक सहादत गद्दीको नेतृत्वमा अभियन्ताहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

जनकपुरधाम, २३ असोज । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिने बताएका छन् ।

काठमाडौं, २३ असोज । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्मानमा सरकारले आज मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सुनसरी, २३ असोज । नागरिकको गुनासो र सुझाव सङ्कलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरीले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं, २२ असोज । मानव अधिकार तथा शान्ति समाजले सोमबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गरेको छ ।

नवलपरासी पश्चिम, २२ असोज । बर्दघाट नगरपालिका–१४ गंगाबस्तीस्थित पोल्ट्री फार्ममा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

पर्सा, २२ असोज । वीरगंज महानगरपालिका–२४ रामगढवास्थित सार्वजनिक पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मोरङ, २२ असोज । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटहरी गाउँपालिका–७ बस्ने ३० वर्षीय करण सरदालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, २२ असोज । वीरगंज महानगरपालिका–२५ मोजे सिर्सियास्थित सडकमा प्रदेश २–०३–०१७ प ६९७२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं, २२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भड्किएको दुई पक्षीय युद्धमा परि मृत्यु भएकाहरुप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौं, २२ असोज । इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन् ।

मोरङ, २१ असोज । विराटनगर महानगरपालिका–१४ यादव टोलबाट अवैध लागूऔषध गाँजा ६ किलो ६० ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, २१ असोज । वीरगंज महानगरपालिका–१ छप्कैया बस्ने भारत विहार सितामढी नरहा ग्राम घर भएकी ४० वर्षीया पुनम देबीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

काठमाडौं, २१ असोज । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तरगतको राष्ट्रिय जीनबैंकको आयोजनामा १३औं राष्ट्रिय जीनबैंक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

कमल राज पौडेल देवकमल, बर्दिया, २१ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई बर्दियाको केरा जोन सञ्चालन समन्वय समितिमा नयाँ नेतृत्व चयन भएको छ ।

जनकपुरधाम, २१ असोज । जनकपुरधामस्थित जनकपुर बिग मार्टमा शनिबार राति आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

नेपालगन्ज, २१ असोज । नेपालगञ्जमा सामाजिक सञ्जालमा लेखिएको विवाद र त्यसबाट उत्पन्न असहज परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार जारी सूचनालाई निरन्तरता दिँदै आइतबार पनि नेपालगञ्ज आसपासका क्षेत्रमा बिहान १० बजे देखि राती दश बजे सम्मलाई निषेधाज्ञा जारी गरेको छ भने राती दश बजेदेखि २२ गते बिहान ४ बजे सम्म कर्फ्युलाई निरन्तरता दिएको छ ।

विराटनगर, २१ असोज । कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गरेका छन् ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

काठमाडौं । सुरक्षा सम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १५औं बैठक यही असोज १८ गते पोखरामा सम्पन्न भएको छ ।

काभ्रे । नेपालका लागि नेपाली पार्टीका केन्द्रीय अध्यक्ष संतोषानन्द महाराजले अब मुलुकलाई बचाउने र बनाउने हो भने निर्णायक आन्दोलनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समुन्नत नेपाल र सुनिश्चित भविष्यका लागि मजदूरहरूले समाजवादको बाटो लिनुपर्ने बताएका छन् ।

कपिलवस्तु । कपिलवस्तुका १ सय १६ जना अपांगता भएका व्यक्तिहरुलाई ह्वील चियर बाँडिएको छ ।

ट्रेन्डिङ