1/1/2020

सुनसरी, १६ पुस । धरान उपमहानगरपालिका–१६ डेरा गरी बस्ने पोखरा महानगरपालिका–६ घर भएका २८ वर्षीय बिश्वास गुरुङलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सोही स्थान डेरा गरी बस्ने २७ वर्षीय राजेश नेपालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

1/1/2020

कैलाली, १६ पुस । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित नेशनल गेष्ट हाउसबाट नक्कली सुनलाई सक्कली सुन भनी कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

1/1/2020

काठमाडौं, १६ पुस । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अँग्रेजी नयाँ वर्ष २०२० को अवसरमा शुभकामना आदान–प्रदान भएको छ ।

1/1/2020

काठमाडौं, १६ पुस । विगत एक सातादेखि भुक्तानी माग गर्दै काठमाडौंकेन्द्रित आन्दोलनका उखु किसानको पीडामा सरकारको संवेदनशीलबारे साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले प्रश्न उठाएका छन् ।

12/31/2019

जनकपुरधाम, १६ पुस । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रादेशिक अस्पताल जनकपुरलाई नमूना अस्पताल बनाउने गरि कार्य योजना तयार पार्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

12/31/2019

सुनसरी, १६ पुस । इटहरी उपमहानगरले ६० जना महिला फुटबल खेलाडी उत्पादन गरेको छ । एक महिनासम्म तालिम प्रदान गरेर महिला खेलाडी तयार गरेको हो ।

12/31/2019

काठमाडौं, १६ पुस । अंग्रेजी नयाँ वर्षको दिनमा नेपाल भर १,५६७ शिशु जन्मिने अनुमान गरिएको युनिसेफले जनाएको छ ।

12/31/2019

काठमाडौं, १६ पुस । सुप्रसिद्ध समाजसेवी तथा व्यवसायीस्व. भरतलाल श्रेष्ठ र बहुचर्चित पत्रकार तथा सञ्चार उद्यमी स्व. पुष्करलाल श्रेष्ठको नाममा कामना न्यूज पब्लिकेसन्स प्रालिले सम्मान अवार्ड स्थापना गरेको छ ।

12/31/2019

कञ्चनपुर, १५ पुस । आफ्नै ४ वर्षीया छोरी सुशिला चुनारालाई कुटपिट गरी हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका–१८ सुकुम्बासी टोल बस्ने ३० वर्षीय ईन्द्र बहादुर चुनारालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

12/31/2019

बाँके, १५ पुस । नेपालगंज उपमहानगरपालिका–२० स्थित सडकमा कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे.८ प ४६४ नम्बरको मोटरसाइकल मंगलबार बिहान दुर्घटना भएको छ ।

12/31/2019

काठमाडौं, १५ पुस । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा छिमेकी मित्रराष्ट्र भारतका पर्यटनमन्त्री काठमाडौं आइपुगेका छन् ।

12/31/2019

काठमाडौं, १५ पुस । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी कार्यकाल सकेर दिल्ली फर्किँदै छन् । उनले नेपालमा दुई वर्ष नौ महिना तीन दिन बिताएका छन् ।

12/31/2019

नेपालगञ्ज, १५ पुस । नेपालगञ्जका एक समाजसेवीले बर्दियाको बढैयाताल गाउँपालिकाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।

12/31/2019

कैलाली, १५ पुस । धनगढी उपमहानगरपालिका–४ बस्ने महेश पोखरेलको स्टोरमा आगलागी भएको छ ।

12/31/2019

काठमाडौं, १५ पुस । सन् २०१८–१९ को वार्षिक व्यापारका आधारमा भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको आफ्नो पूर्ववत् स्थान कायम राखेको छ ।

12/31/2019

काठमाडौं, १५ पुस । पूर्वमहान्यायाधीवक्ता डा. युवराज संग्रौलाले उखु किसानमाथिको शोषणलाई घिन लाग्दो अत्याचारको संज्ञा दिएका छन् ।

12/31/2019

काठमाडौं, १५ पुस । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । 

12/31/2019

रौतहट, १५ पुस । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गृह जिल्लाका चिसो प्रभावित विपन्न नागरिकलाई न्यानो लुगा वितरण गरेका छन् ।

12/31/2019

दमक, १५ पुस । नेपाल, भारत, भुटान र बंंगलादेशका व्यवसायी, पर्यटनकर्मीले चारदेशीय पर्यटन विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

12/30/2019

कपिलवस्तु, १५ पुस । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले वर्तमान सरकारले आम उद्योगी तथा व्यपारीकहरुको पक्षमा काम नगरेको बताएका छन् ।

12/30/2019

चितवन, १४ पुस । काठमाडौंको बूढानीलकण्ठबाट १२२ चिनियाँ नागरिक पक्राउ परेको केही दिनपछि ह्याकरको आशंकामा प्रहरीले चितवनबाट २ चिनियाँ नागरिक पक्राउ गरेको छ ।

12/30/2019

काठमाडौं, १४ पुस । नेपाल–भारत मैत्री संघले नेपालका लागि भारतीय राजदूत मंजीब सिंह पूरी र उनका श्रीमती नम्रता सिंह पूरीलाई अभिनन्दन एवं बिदाई गरेको छ ।

12/30/2019

कपिलवस्तु, १४ पुस । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा गरिब, असहाय तथा विपन्न बृद्धबृद्धाहरुलाई जाडोबाट बच्नका लागि १०१ जनालाई कम्बल वितरण गरिएको छ ।

12/30/2019

मोरङ, १४ पुस । बेलबारी नगरपालिका–५ कसेनी रामपुरबाट कटुवा पेस्तोल १ थान, गोली २ थान, सिमकार्ड १८ थान, मोबाइल ८ थान र विभिन्न पम्पेलट २ हजार १ सय थानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

12/30/2019

काठमाडौं, १४ पुस । सीजी होल्डिंग्सका अध्यक्ष तथा कार्यकारी निर्देशक अरुण चौधरीलाई मलेसियाली विश्वविद्यालय लिम्ककविंग युनिभर्सिटी अफ क्रिएटिभ टेक्नोजोलीले उद्यशमशिलता विषयको मानार्थ विद्यावारिधि उपाधीले सम्मान गरेको छ ।

ट्रेन्डिङ