जलेश्वर, २१ पुस । बाबा जलेश्वरनाथ मन्दिर व्यवस्थापनका लागि गठन भएको तदर्थ समितिको पहिलो बैठकबाट जलेश्वरनाथ मन्दिर ट्रष्ट विधान मस्यौदा समिति, मन्दिरको नाममा छरिएर रहेका बैंक खाताहरुको एकीकरण, कार्यालय संचालनसहितको निर्णय गरिएको छ ।
काठमाडौं, २१ पुस । अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताका विरुद्ध रहेको नागरिक समाजका अगुवा तथा बुद्धिजीबीहरुले बताएका छन् ।
काठमाडौं, २१ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीको दोस्रो ब्याचले भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा ६ दिने प्रशिक्षण सुरु गरेका छन् ।
काठमाडौं, २१ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने धारणा राखेकी छिन् ।
काठमाडौं, २१ पुस । भारतीय सञ्चारमाध्यमले आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) का लडाकु नेपाल हुँदै भारत छिरेको दाबी गरेका छन् । भारतीय गुप्तचर संस्थाले कम्तिमा पाँच आइसिस लडाकु नेपाल हुँदै भारत छिरेको जानकारी दिएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन् ।
काठमाडौं, २१ पुस । नेपाल–भारत पारवहन सन्धि सात वर्षका लागि स्वतः नवीकरण भएको छ । गत वर्ष वैशाखमा भएको नेपाल–भारत वाणिज्य सचिव स्तरीय अन्तरसरकारी समितिको बैठकले गरेको सहमतिका आधारमा पारवहन सन्धि पुस २० गतेबाट स्वतः नवीकरण भएको हो ।
काठमाडौं, २१ पुस । नेपालमा अभियन्ता सम्मेलन २०२० आयोजना हुन लागेको छ । यो एउटा बृहत र एकीकृत अभियन्ता सम्मेलन हो ।
जनकपुरधाम, २१ पुस । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेशमा सुरक्षित बेटी अभियान र दुर्व्यसनमुक्त युवा अभियान सञ्चालन गर्न लागिएको बताएका छन् ।
कलैया, २१ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिसोबाट पीडित गरिबलाई कम्बल बितरण गरेको छ ।
रुपन्देही, २१ पुस । तिलोत्तमा नगरपालिका–३ जानकीनगरबाट अवैध लागूऔषध चरेश करिब १५ केजी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २१ पुस । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं सर्जक कृष्ण पहाडीको जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा नामक पुस्तक प्रकाशित भएको छ ।
काठमाडौं, २१ पुस । समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन ‘प्रेस नेपाल’ घोषणा गरिएको छ । शनिबार काठमाडौंको टेकुस्थित मसला कजेटमा एक कार्यक्रमको आयोजना गरी केशव अर्यालको अध्यक्षतामा ८७ सदस्यीय प्रेस नेपाल घोषणा गरिएको हो ।
काठमाडौं, २१ पुस । नेपाल अब यति पराधीन भइसक्यो कि अमेरिकाको सहयोग ग्रहण गर्नुअघि चीनको अनुमति प्राप्त गर्न आवश्यक मात्र होइन, अपरिहार्य भइसकेको तथ्य चिनियाँ राजदूत होउ यान्छीको शुक्रबारको पत्रकार सम्मेलन र त्यस्तो षड्यन्त्रमूलक तथा खेदजनक हस्तक्षेपको स्वाभिमान नेपालीबाट तत्कालै कडा विरोध नभएको घटनाले पुष्टि गरेको छ ।
काठमाडौं, २० पुस । गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव ईन्दु घिमिरको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा विपद् व्यवस्थापन सम्वन्धि समन्वयात्मक बैठक आइतबार सम्पन्न भएको छ ।
बाँके, २० पुस । नेपालगंज उपमहानगरपालिका–२० राँझा चोकस्थित सडकमा शनिबार दिउँसो भे.१ त ३२३० नम्बरको ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
पर्सा, २० पुस । बीरगंज महानगरपालिका–८ बसपार्कस्थित होटल साह प्याराडाईजबाट सोही महानगरपालिका–१६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई नक्कली भारतीय नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज, २० पुस । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्साको आयोजना तथा क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा प्रदेशस्तरीय सूचना, प्रविधि र सञ्चारको व्यापकतालाई समेट्ने गरी वीरगंजमा ५ दिने सूचना प्रविधि प्रर्दशनी क्यान इन्फोटेक २०२० आयोजना हुन गइरहेको छ ।
काठमाडौं, २० पुस । काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ चिनियाँलाई देश निकाला गर्ने तयारी गरेको छ ।
काठमाडौं, २० पुस । पीडित उखु किसानहरुको संघर्षमा प्रत्यक्ष/अप्रत्यक्ष साथ दिने सञ्चार जगत्, सामाजिक संघसंस्था, नागरिक समाज, राज्यका प्रतिनिधिलगायत सम्पूर्ण पक्षप्रति उखु किसान संघर्ष समिति सर्लाहीले आभार प्रकट गरेको छ ।
काठमाडौं, २० पुस । कोंकण रेलवे कर्पोरेसनले माघ १ गते नेपालका लागि रेल पठाउने भएको छ । कोंकणले नेपालका लागि बिक्री गर्ने रेल तयार पारिसकेको छ ।
काठमाडौं, २० पुस । तेस्रो मुलुकसँगको व्यापारमा लामो समयदेखि एक्लो विकल्प कोलकाता बन्दरगाह अब नेपालका लागि मुख्य ‘ट्रान्जिट पोर्ट’ रहेन । कोलकाताको स्थान विशाखापटनम्ले लिन थालेको छ ।
डडेल्धुरा, २० पुस । हिमपात भएपछि डडेल्धुरामा हिउँ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।
कञ्चनपुर, २० पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल–भारतबीको सीमा विवाद तत्काल टुंग्याउनुपर्ने बताएका छन् ।
धनुषा, १९ पुस । जनकपुर उपमहानगरपालिका–६ स्थित सडकमा ना.१ क ४५०९ नम्बरको टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।