1/9/2020

काठमाडौं, २४ पुस । नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्यकारी समूहको बैठक नयाँ दिल्लीमा हुने भएको छ । बैठक पुस २७ र २८ गते नयाँ दिल्लीमा हुने तय भएको छ ।

1/9/2020

धनगढी, २४ पुस । नेपाल भ्रमण वर्ष २०२० प्रारम्भ भएसँगै सुदूरपश्चिम प्रदेशमा आउने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ ।

1/9/2020

काठमाडौं, २४ पुस । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले नेपालस्थित भारतीय दूतावासका सार्ज डे अफेयर्स डा. अजयकुमारसँग छलफल गरेको छ ।

1/9/2020

धनगढी, २४ पुस । ‘देशभरिका च्याउ किसानहरु एक हौँ भन्ने नाराका साथ विभिन्न मागसहित धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान आइपुगेको छ ।

1/9/2020

बुटवल, २४ पुस । थारु जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिका–११, सालझण्डीमा माघी महोत्सव आयोजना गरिएको छ ।

1/9/2020

रौतहट, २४ पुस । तलब नपाएको भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा शिक्षक तथा कर्मचारीहरुले तालाबन्दी गरेका छन् ।

1/9/2020

जनकपुरधाम, २४ पुस । मधेश आन्दोलनमा बलिदानी दिएका शहीदहरुको सम्झनामा मनाईने बलिदानी दिवस प्रदेश सरकारले यस वर्ष वीरगंजमा विशेष समारोहको आयोजना गरी मनाउने भएको छ ।

1/8/2020

वीरगन्ज, २४ पुस । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको सक्रियतामा संचालन गरिएको मोतियाबिन्दु मुक्त समाज अभियानमा क्वेष्ट औषधी उद्योगद्धारा आर्थिक सहयोग प्रदान गरिएको छ ।

1/8/2020

वीरगन्ज, २४ पुस । वीरगन्ज महानगरपालिकाद्धारा वडा नम्बर २२ मा सुनौलो १००० दिन कार्यक्रमको आयोजना गरिएको छ ।

1/8/2020

काठमाडौं, २३ पुस । नेपाली दूतावास भएका मुलुकहरुमा भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रमअनुसार छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँदिल्लीमा पनि नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको छ ।

1/8/2020

काठमाडौं, २३ पुस । विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई चीन पठाइएको छ ।

1/8/2020

काठमाडौं, २३ पुस । जनकपुर–जयनगर–कुर्था खण्डमा माघ तेस्रो सातादेखि रेल सञ्चालन गर्ने तयारी भएको छ । नयाँ रेल बनाउने जिम्मा पाएको भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडले नेपालका लागि रेल बनाउँदै छ ।

1/8/2020

जनकपुरधाम, २३ पुस । प्रदेश सरकारको पहिलो पञ्चवर्षिय आवधिक योजनाको आधारपत्र २०७६ बुधबार सार्वजनिक गरिएको छ ।

1/8/2020

काठमाडौं, २३ पुस । पुनरुत्थानवादी शक्ति नेपालका प्रमुख नेता शेखर जंग रायमाझीले मुलुक जोगाउने जिम्मा आफूहरुको काँधमा आएको बताएका छन् ।

1/8/2020

काठमाडौं, २३ पुस । चर्को ब्याजदरमा ऋण दिने सर्लाही जिल्लाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चर्को ब्याजदरमा ऋण दिने र ऋण तिर्न नसक्नेहरुको जग्गा कब्जा गर्ने रामबाबु राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

1/8/2020

विराटनगर, २३ पुस । विराटनगर महानगरपालिका र जिल्ला बाल कल्याण समितिको संयुक्त आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

1/8/2020

धनगढी, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय महेन्द्रनगरको टोलीले एक लाख ६० हजार रुपियाँ घुससहित सामुदायिक वनका पदाधिकारीलाई पक्राउ गरेका छ ।

1/8/2020

रुपन्देही, २३ पुस । प्रदेश ५ सरकारले माघेसङ्क्रान्ति पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

1/7/2020

रुपन्देही, २२ पुस । नेपाली कराते टोली मंगलबार भारत प्रस्थान गरेको छ । बिहीबारदेखि हुन लागेको नवौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीप २०२० तथा अन्तर्राष्ट्रिय स्पोर्ट्स एक्सलेन्स अवार्ड २०२० मा सहभागी हुन नेपाली कराते टोली भारत प्रस्थान गरेको हो ।

1/7/2020

वीरगञ्ज, २२ पुस । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले क्रसस बोर्डर जर्नालिस्ट्स मीट आयोजना गरेको छ ।

1/7/2020

काठमाडौं, २२ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आगामी तीन महिनाभित्र सम्पन्न गर्ने गरी २५ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् ।

1/7/2020

गौर, २२ पुस । रौतहट जिल्ला प्राकृतिक स्रोत साधनको दृष्टिले विकासको प्रचूर अवसर र सम्भावना रहे पनि मानव विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पछाडि रहेको छ ।

1/7/2020

विराटनगर, २२ पुस । राष्ट्रिय जनगणना –२०७८ लाई विश्वसनीय बनाउन प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण रहने औँल्याइएको छ ।

1/7/2020

रुपहन्देही, २२ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरलाई फोहोरमुक्त बनाउने कार्यक्रमको सुरुवात गरेको छ ।

1/7/2020

कैलाली, २२ पुस । कैलालीको घोडाघोडी नगरपालिकामा माघ २ देखि १२ गते सम्म सांगीतिक तथा पर्यटन महोत्सव आयोजना गरिएको छ ।

ट्रेन्डिङ