सप्तरी, ३ माघ । नेपाली सेनाले आफ्नै लगानी र श्रमदानबाट निर्माण गरेको सुरक्षित तथा लकरसहितको सुविधा सम्पन्न दुई वटा भवन हस्तान्तरण गरेको छ
काठमाडौं, ३ माघ । नेपाल र भारतका युवा उद्यमीको सहभागितामा यही माघ ५ गते काठमाडौँको होटल याक एण्ड यतिमा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ हुने भएको छ ।
काठमाडौं, ३ माघ । नेपाल–भारतबीच व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
रूपन्देही, २ माघ । नियन्त्रित लागूऔषधसहित रुपन्देहीमा १० वर्षे बालकसहित तीन जना पक्राउ परेका छन् ।
बाँके, २ माघ । हत्यामा संलग्न रहेका अभियुक्त बाँके राप्तीसोनारी गाउँपालिका–२ राजापुर बस्ने २० वर्षीय युवराज गिरीलाई बर्दिया मदुवन नगरपालिका–३ स्थित थापा जंगलबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोवल एभिएसन समिट–२०१९’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
काठमाडौं, २ माघ । मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले ६ दिने भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फिर्ता भएका छन् ।
जनकपुरधाम, २ माघ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले एशियाली विकास बैंकलाई सुनकोशी कमला डाइभर्सनमा लगानी गर्न आग्रह गरेका छन् ।
कैलाली, २ माघ । कुटपिट गरी बन्धक बनाइराखेको अवस्थामा कैलालीमा एक किशोरको उद्धार गरिएको छ ।
वीरगन्ज, २ माघ । थारु समुदायको नयाँ वर्ष २६४३औँ सालको अवसरमा विरगन्जमा हर्षाेल्लासका साथ माघी पर्व अर्थात खिचडी पर्व मनाइएको छ ।
चितवन, २ माघ । चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेत र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठोरले पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव अवलोकन गरेका छन् ।
वीरगन्ज, २ पुस । बढदै गरेको चिसोले गर्दा वीरगंज महानगरपालिका वडा नं.८ का वडा अध्यक्षको टोलीद्वारा गरिब र असहाय महिला र परुषहरुलाई कम्बल तथा स्वीटर वितरण गरिएको छ ।
जलेश्वर, २ माघ । प्रदेश २ का प्रमुख रत्नेश्वर लाल कायस्थले जलेश्वर नगरपालिका वडा नं. ४ स्थित सुगा टोलमा कम्बल विरतण गरेका छन् ।
जनकपुरधाम, १ माघ । तराई–मधेशका लोकप्रिय टेलिभिजन ‘अप्पन टिभी’ चौथो वार्षिकोत्सव मनाएको छ ।
दाङ, १ माघ । लमही नगरपालिका–५ रातोडाँडामा लु.१ च ८०४१ नम्बरको जिपले मंगलबार बिहान ठक्कर दिदाँ गम्भीर घाइते भएका बाजुरा फैटी गाउँपालिका–३ का धर्म्जित मल्लको ७ वर्षीय छोरा
रूपन्देही, १ माघ । बुटवल उपमहानगरपालिका–६ दुर्गा मन्दिर परिसरबाट कास्की पोखरा महानगपालिका–४ कालिमाटी चोक वस्ने २६ वर्षीय सन्तोष माझी र म्याग्दी देउराली गाउँपालिका–६ बस्ने २९ वर्षीय खिम मगरलाई नियन्त्रित लागूऔषधसहित पक्राउ गरिएको छ ।
सुनसरी, १ पुस । मानव वेचविखन तथा ओसारपसार गर्ने मुख्य व्यक्ति सुनसरी धरान नगरपालिका–१७ का ३१ वर्षीय चोङहाङ राई भन्ने सन्तोष राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १ माघ । ग्लोकल प्राइभेट लिमिटेडद्वारा ग्लोकल टिन हिरो इण्डियाको शुभारम्भ भएको छ ।
पर्सा, १ माघ । वीरगंज महानगरपालिका–११ श्रीपुरबाट बिन्दबासिनी गाउँपालिका–७ बस्ने २१ वर्षीय उपेन्द्र दासलाई करिब २० किलो ७ सय ग्राम लागूऔषध गाँजासहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १ माघ । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा सुधारको मागसहित इलाममा १६औँ पटक अनसनरत सत्याग्रही प्रा. डा.गोविन्द केसीलाई २०७५ माघ १ गते इलाममा भेटी उहाँको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्दै डा. केसीले थालेको सत्याग्रहप्रति ऐक्यवद्धता प्रकट गरेको छ ।
मोरङ, १ माघ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले मोरङ रंगेली नगरपालिका–६ स्थित ईलाका प्रहरी कार्यालय रङ्गेलीको हाताभित्र निर्माण हुने प्रहरी आवास गृह तथा भान्साघरको आयोजित एक कार्यक्रमबीच शिलान्यास गरेका छन् ।
नेपालगन्ज, १ माघ । मित्रराष्ट्र भारतका गृहमन्त्री राजनाथ सिंहले सीमावर्ती भारतीय शहर रुपेडीयामा भारततर्फको एकीकृत भन्सार जाँचचौकीको शिलान्यास गरेका छन् ।