काठमाडौं, ३० पुस । ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इञ्जिनीयरिङ एण्ड म्यानेजमेन्टमा जारी दुईदिने क्याथफेष्ट मेला–२०१९ सम्पन्न भएको छ ।
सप्तरी, ३० पुस । सप्तरीको विष्णपुर गाउँपालिकास्थित निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।
रौतहट, ३० पुस । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन रौतहटको नवनिर्वाचित जिल्ला कार्य समितिका पदाधिकारीहरुको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सोमबार गौरमा सम्पन्न भएको छ ।
रौतहट, ३० पुस । गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले जिल्ला अस्पताल गौरका कर्मचारीहरुको गैरजिम्मेवारीपनाको कारण अस्पतालको दुर्दशा भएको आरोप लगाएका छन् ।
काठमाडौं, ३० पुस । भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत नेपाल सरकार अर्थ मन्त्रालयका ६२ कर्मचारीहरुहरुलाई 'Global Perspectives on Public Financial Management' विषयमा विशेष तालिमको घोषणा गरेको छ ।
कैलाली, ३० पुस । सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर कैलाली नम्बर ३४ गणबाट सशस्त्र प्रहरी सहायक हवल्दार नन्दराज भाटको कमाण्डमा खटिएको एपीएफ टोलीले करीव १ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवयरका सामान बरामद गरेको छ ।
पर्सा, ३० पुस । वीरगंज महानगरपालिका–११ मुर्ली चोक बस्ने ३५ वर्षीय जगरनाथ महतोकी श्रीमती ३३ वर्षीया सुनिता देबीले खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्कन गई सोमबार बिहान आगलागी भएको छ ।
रौतहट, ३० पुस । रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ७ मा संचालित नेमधारी वासुदेव नमुना माध्यमिक विद्यालय मुडवलवामा अध्यनरत विद्यार्थीहरुलाई एक कार्यक्रम विच छात्रवृतिको रकम वितरण गरिएको छ ।
सप्तरी, २९ पुस । दलित सरोकार मञ्च नेपालको प्रथम जिल्ला अधिवेशनले युक्तिलाल मरिकलाई अध्यक्षमा चयन गरेको छ ।
रौतहट, २९ पुस । गौर नगरपालिकाको आइतबार तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । चालू आर्थिक वर्षमा कार्यान्वयन हुने विकास योजनाको विषयमा छलफल गर्दै तेस्रो नगर अधिवेशन सम्म्पन्न भएको हो ।
नवलपरासी(पूर्व), २९ पुस । कावासोती नगरपालिका–९ पुरानो कावासोतीस्थित सडकमा ना.४ ख ७९२८ नम्बरको बसले ना.४९ प २२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
महोत्तरी, २९ पुस । सम्सि गाउँपालिका–२ स्थित सडकमा ना.७ ख ६४२७ नम्बरको टिपरले आइतबार बिहान ठक्कर दिँदा सोही ठाउँ बस्ने शेख फयाजको ८ वर्षीय छोरा शेख सदामको घटनास्थलमै मुत्यु भएको छ ।
काठमाडौं, २९ पुस । नेपाल हज कमिटीको अध्यक्षमा अर्घाखाँची बालकोटका शमशेर मियाँ नियुक्त भएका छन् ।
विराटनगर, २९ पुस । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ कार्यसमितिले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई नमूना ‘प्रदेश आम सञ्चार मस्यौदा हस्तान्तरण गरेको छ ।
काठमाडौं, २९ पुस । विभिन्न मागहरु राखी आन्दोलनरत् रहेको हेल्थ असिस्टेन्ट एसोसिएसन अफ नेपाल (हान)ले र्याली प्रदर्शन गरेको छ ।
काठमाडौं, २९ पुस । ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट २०१९ आजबाट सुरु भएको छ ।
रुपन्देही, २९ पुस । सिद्धार्थनगर नगरपालिका–१० शंकरपुरमा भन्सार चोरी निकासी तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको जवाफी कारवाहीमा एक जनाको मृत्यु भएको छ ।
जनकपुरधाम, २९ पुस । धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा अशोककुमार चौधरी विजयी भएका छन् ।
काठमाडौं, २९ पुस । नेपालको सम्पूर्ण यदुवंशीहरुको एकता गर्ने उदेश्यका साथ गोपाल सेवा समितिले उपत्यका कार्यसमिति गठन गरिएको छ ।
काठमाडौं, २९ पुस । नेपाल सरकारको निर्णय बमोजिम मिति शुक्रबारदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति पूर्णचन्द्र थापालाई शनिबार राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा भारतीय राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
नवलपरासी पश्चिम, २९ पुस । अवैध दर्ता पूर्जा बदर सुकुम्वासी संघर्ष समिति नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले सुकुम्बासीको नाममा हुकुम्बासीले जग्गा धनी पुर्जा लिएको भन्दै सो तत्काल बदर गर्न माग गरेको छ ।
सिरहा, २८ पुस । आन्दोलनरत पक्ष र प्रहरीबिच ५ बुँदे सहमतिसँगै झण्डै ४ घण्टादेखि बन्द रहेको पूर्वपश्चिम राजमार्गको मिर्चैया सडकखण्ड संचालनमा आएको छ ।
बारा, २८ पुस । कलैया उप महानगरपालिकाको वडा नं. ९ मा एक कार्यक्रमका बीच समुदाय साझेदारी प्रहरी वडा समिति गठन गरिएको छ ।