वीरगंज, १५ पुस । राजसंस्था पुनस्र्थापनाका लागि विगत लामो समयदेखि संघर्ष गर्दै आएको राष्ट्रिय नागरिक संघर्ष समितिले संगठन विस्तारको कार्यक्रमलाई तीव्रता दिएको छ ।
वीरगंज, १५ पुस । हिन्दूवादी अगुवा फुलगेन सिहको १२ दिनको पुण्यतिथिको अवसरमा हिन्दू परिषद् नेपाल पर्साद्वारा श्रद्धाञ्जली सभा गरेको छ ।
काठमाडौं, १५ पुस । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकासका लागि नेपालको नीजि क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
काठमाडौं, १५ पुस । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगञ्ज दिल्ली मैत्री बस सेवाले दुई देशबीचको सम्बन्ध कसिलो बनाउने बताएका छन् ।
वीरगन्ज, १४ पुस । बिन्दास एफ.एमद्वारा बृहत रक्तदान कार्यक्रम वीरगंजको घण्टाघरमा सम्पन्न भएको छ ।
कपिलवस्तु, १४ पुस । कपिलवस्तुको विजयनगर गाउँपालिकाको प्रेमनगरमा रहेको श्री हरिबोध प्राथमिक बिद्यालयमा ईलाका प्रहरी कार्यलय गणेशपुरको अयोजनामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।
बारा, १४ पुस । स्वतन्त्र मानव अधिकार समाजद्वारा बारा शाखा गठन, पदस्थापना एवं सम्मान समारोह कार्यक्रम सम्पन्न गरीएको छ ।
वीरगन्ज, १४ पुस । ईस्लामी संघ नेपाल पर्साद्धारा मुस्ताफा अन्सारीको अध्यक्षतामा वीरगंजको होटल मकालुमा दाइजो प्रथा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाम, १४ पुस । देशको भविष्यका निर्माताहरु जन्मिने उद्गम स्थल बिद्यालय नै हुन्छ प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् ।
बुटवल, १४ पुस । साना किसान कृषि सहकारी संस्था लि. तिलोत्तमा १४ टिकुलीगढ रुपन्देहीले १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
राकेश यादव, रौतहट, १३ पुस । रौतहट जिल्लाको गरुडा नगरपालिकाका उपप्रमुख रंगीला देवी जायसवालले गरुडा नगरपालिकामा व्यापक रुपमा भ्रष्टाचार भएको बताएकी छन् ।
राजविराज, १३ पुस । विभिन्न क्षेत्रमा योगदान पु¥याउने मधेशका एक सय जनालाई ‘मधेश नायक’ (हिरोज अफ मधेश) अवार्डबाट सम्मानित गरिने भएको छ ।
बाँके, १३ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताबाट लिइने भर्ना छनौट परीक्षा सवैको पहुँच हुने गरी निष्पक्ष र पारदर्शी रुपमा हुनुपर्ने बताएका छन् ।
काठमाडौं, १३ पुस । धान उत्पादनमा प्रदेश २ अगाडि देखिएको छ । चालू आर्थिक वर्ष २०७५/७६ मा प्रदेश २ मा १४ लाख ९५ हजार ४४ मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
जनकपुरधाम, १३ पुस । नेपाली सेनाले जनकपुरधाम उपमहानगरपालिका–७ मा रहेको दलित बस्तीमा शौचालय बनाइ दिएको छ ।
रौतहट, १३ पुस । रौतहटमा किसानका लागि प्रदेश सरकारले उपलब्ध गराएको अनुदान स्वरूपको गहुँको बीउमा भएको अनियमितताको विषयमा तथ्यगत समाचार लेखेको कारण जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख राजनारायण यादवले मधेशवाणी राष्ट्रिय साप्ताहिकका रौतहट जिल्ला प्रतिनिधि राकेश कुमार यादवलाई धम्की दिएका छन् ।
रौतहट, १२ पुस । यौन तथा लैंगिक हिंसा न्यूनीकरणको लागि स्थानीय सरोकारवालासँगको संवाद कार्यक्रम नेपाल मुस्लिम महिला कल्याण समाज सस्थाको आयोजनामा बुधबार कर्मचारी मिलान केन्द्रको सभाहाल गौरमा सम्पन्न भएको छ ।
राकेश यादव, रौतहट, १२ पुस । प्रदेश सरकारले रौतहटमा अनुदानको गहुँको विउमा भएको अनियमितता बारे छानविन गर्ने भएको छ ।
काठमाडौं, १२ पुस । चार वर्षअघि सुरु गरिएको नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक मापन जारी छ । एक हजार आठ सय ८० किमि लामो नेपाल–भारत सीमा क्षेत्रमा हालसम्म करिब ६ हजार सीमा स्तम्भ गाडिएका छन् ।
काठमाडौँ , १२ पुस । नेपाललाई बौद्ध पर्यटन केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्यले ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट–२०१८’ आयोजना गरिने भएको छ ।
काठमाडौं, १२ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापाले हेटौँडास्थित श्री मध्य पृतना हे.क्वा., चनवनस्थित श्री नं.७ बाहिनी अड्डा, सुनाचुरीस्थित श्री सुनाचुरी इमल्सन प्लाण्ट र श्री नं.१ जगदल गणको निरीक्षण भ्रमण गरेका छन् ।
काठमाडौं, १२ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दूरसञ्चारमा झालाई पुनः नियुक्त गरेको थियो ।
वीरगन्ज, ११ पुस । हिन्दू परिषद् नेपाल पर्सा जिल्लाको बैठकले पाँच बुँदे निर्णय गर्दै सम्पन्न भएको छ ।
रौतहट, ११ पुस । प्रदेश सरकारले किसानका लागि अनुदान मूल्यमा गहुको विउ खरीद गरी वितरण गर्न दिएको ७८ लाख ५० हजार रुपैयाँको जिल्ला कृषि ज्ञान केन्द्र रौतहटले भत्ता र अनुगमनमा बढी खर्च गरेको पाइएको छ ।