काठमाडौं, २१ पुस । सत्तारुढ संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १२ बुँदे स्मरण–पत्र बुझाएको छ ।
काठमाडौं, २० पुस । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले महाधिवेशनसम्म राजपामा संयोजक परिवर्तन गर्न नहुने धारणा राखेका छन् ।
काठमाडौं, २० पुस । राज्य विप्लवको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई उपचारको नाउँमा सुरक्षाकर्मीले यातना दिइरहेको आरोप लागेको छ ।
काठमाडौं, २० पुस । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीको शपथ ग्रहणलाई विवादमा ल्याउनु विडम्बनापूर्ण रहेको नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बताएका छन् ।
काठमाडौँ, १९ पुस । टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
काठमाडौं, १९ पुस । प्रतिनिधिसभामा राजपा नेपालकी सांसद रानी मण्डलले तराई मधेशका जनता चिसोबाट प्रभावित भएकाले सरकारलाई राहतको व्यवस्था गर्न आग्रह गरेकी छन् ।
काठमाडौं, १९ पुस । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गरेको छ ।
रुपन्देही, १९ पुस । प्रदेश ५ का भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले मुलुकको समृद्धिको आधार विद्युत रहेको बताएका छन् । त्यसका लागि विद्युतको उत्पादन र सही सदुपयोग हुन आवश्यक रहेकोमा जोड दिए ।
काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तिव्रता लिने बताएका छन् ।
काठमाडौं, १९ पुस । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको शपथ ग्रहण हुँदैछ ।
काठमाडौं, १८ पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
रुपन्देही, १८ पुस । प्रदेश नं. ५ को मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
काठमाडौं, १७ पुस । संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बलात्कारीलाई फाँसीको सजाय दिन माग गरेका छन् ।
काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य डा.अमरेश कुमार सिंहले वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समिति गठन गरी छानबिन गर्न माग गरेका छन् ।
काठमाडौं, १७ पुस । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम सर्वसम्वतले अनुमोदन गरेको छ ।
काठमाडौं, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१८ संविधान कार्यान्वयन र संक्रमणकाल अन्त्यको वर्ष भएको बताएका छन् ।
मणि प्रसाद गैह्रे, कपिलवस्तु, १६ पुस । नेपाली कांगे्रसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाणले वि.पिको चिन्तन गरे मात्र नेपाली समाजमा विकास र समृद्धी हुने बताएका छन् ।
जनकपुरधाम, १६ पुस । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार प्रदेश प्रहरी ऐन, २०७५ प्रमाणीकरण गरेका छन् ।
सर्लाही, १६ पुस । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश २ मा माघ १ गतेपछि छोरीहरु लखपति भएर जन्मिने बताएाका छन् ।
काठमाडौं, १५ पुस । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रदेश २ को सरकारबाट राजपालाई हात धुनुपर्ने चेतावनी दिएको खुलासा भएको छ ।
वीरगञ्ज, १५ पुस । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजपासँग एकताको कुरा अहिलेसम्म अगाडि बढ्न नसकेको बताएका छन् ।
काठमाडौं, १५ पुस । संघीय समाजवादी फोरम, नेपाल काठमाडौं महानगरपालिका वडा नं ४ को प्रथम वडा अधिवेशन अध्यक्ष छक बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको छ ।
काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले तमुल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायमा शुभकामना व्यक्त गरेका छन् ।