महोत्तरी, २७ फागुन । जीवनयापनका लागि पालेको गाईवस्तुका लागि जोगाएर राखेको घाँसपात एवं चारा खाइदिएको साढेमाथि हतियार प्रहार गर्दा एकडारा गाउँपालिका ५ बहेडाका ईन्दल महरा चमारलाई थुनामा पठाइएको छ ।
रुपन्देही, २७ फागुन । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित बेलहियाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पर्सा, २७ फागुन । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका ५ बाट एपीएफ टोलीले चोरीनिकासीको करीव ६० के.जी. गाँजा बरामद गरेको छ ।
रुपन्देही, २७ फागुन । देवदह नगरपालिका–९ खैरेनी बस्ने २५ वर्षीय अनिस पुरीको अपरिचित ब्यक्तिहरूले आइतबार साँझ ढुङगा प्रहार गर्दा मृत्यु भएको छ ।
रौतहट, २७ फागुन । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले छोरी प्रदेश २ को आन बान शान र स्वाभिमान भएको बताएका छन् ।
काठमाडौं, २६ फागुन । थापाथलीस्थित द ब्रिटिश कलेजलाई कारबाही गर्न राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघले माग गरेको छ ।
झापा, २६ फागुन । मेची नगरपालिका–१५ स्थित सडकमा ना.४ ख २०३६ नम्बरको ट्रकको ठक्करबाट एक जनाएको मृत्यु भएको छ ।
रुपन्देही, २६ फागुन । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप विविध विषयमा छलफल, अन्तरक्रिया तथा प्रस्तुतीकरण हुने ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको भैरहवामा आइतबारदेखि सुरू भएको छ ।
रौतहट, २६ फागुन । जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई शनिबार पक्राउ गरेको छ ।
जनकपुरधाम, २६ फागुन । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई ‘फ्रि मधेश’को झण्डासहित हजारौं समर्थकहरुले जनकपुरधाममा स्वागत गरेका छन् ।
रुपन्देही, २५ फागुन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले पीडितलाई न्याय दिने, आमनागरिकको मन जित्ने र नागरिकमैत्री व्यवहार प्रस्तुत गरी उच्च मनोबलकासाथ काम गर्नुपर्ने बताएका छन् ।
चितवन, २५ फागुन । इच्छाकामना गाउँपालिकाले नारी दिवसका अवसरमा स्थानीय स्वास्थ्य संस्थामा जन्मिएका बालिकाको बैंकमा मुद्धती खाता खोल्ने अभियान थालेको छ ।
कैलाली, २५ फागुन । प्रहरी हुँ भनि रकम असुली गर्दै आईरहेका एक जनालाई एपीएफ टोलीले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १ स्थित थपलीपुरबाट पक्राउ गरेको छ ।
पर्सा, २५ फागुन । अपहरण तथा शरीर बन्धक, हातहतियार खरखजना तथा संगठित अपराध मुद्दामा फरार रहेका प्रतिवादीहरु
कञ्चनपुर, २५ फागुन । कृष्णपुर नगरपालिका–२ सुन्दरपुर बस्ने ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका–४ बस्ने २८ वर्षीय जगन्नाथ रानालाई
सुनसरी, २५ फागुन । कोशी गाउँपालिका–८ नेहरुपार्क्स्थित सडकमा को.३३ प २०५१ नम्बरको मोटरसाइकललाई बा.५ ख ७११६ नम्बरको माईक्रोबसले
चितवन, २५ फागुन । जन्ती वोकेर रत्ननगरबाट माडीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार ११ जना घाइते भएका छन् ।
काठमाडौँ, २४ फागुन । भारतमा सम्पन्न पत्रकार कुम्भमेलामा नेपाली पत्रकार अशोक सिलवाल सहभागी भएर स्वदेश फर्केका छन् ।
काठमाडौं, २४ फागुन । मिथिला कलामा सक्रिय महिला कलाकारको हस्तकलाको विकास गर्न जापान सरकारले सहयोग गर्ने भएको छ ।
काठमाडौँ, २४ फागुन । पूर्वराष्ट्रपति डा रामवरण यादवले भारतका अहिंसावादी नेता महात्मा गान्धीको जीवनी विश्वका लागि शान्तिको सन्देश भएको धारणा व्यक्त गरेका छन् ।
काठमाडौं, २४ फागुन । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश विदेशमा बस्ने नेपाली महिलाहरुलाई शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं, २४ फागुन । १०९औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुभकामना व्यक्त गरेका छन् ।