विराटनगर, १८ मंसिर । प्रशिक्षणको क्रममा गोली लागेर प्रहरी जवान तथा प्रशिक्षक राजेन्द्र यादव घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
रौतहट, १८ मंसिर । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र प्रहरी बल बी.ओ.पी. लक्ष्मीपुर बेलबिछवाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक पशुपति खनालले गरीव एवं आर्थिक अवस्था कमजोर भएकी एक वृद्ध महिलालाइ १ महिनाको खाने कुरा सहयोग उपलब्ध गराएका छन् ।
बर्दिवास, १८ मंसिर । महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको
लमही, १८ मंसिर । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जथाभावी हर्न बजाउने सवारीचालकलाई कारबाही गरेको छ ।
पर्सा, १८ मंसिर । वीरगञ्ज–पोखरिया सडकखण्डको गर्दौलमा मंगलबार मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
दिनेश ठाकुर, नेपालगञ्ज, १७ मंसिर । नेपालगञ्ज उपमहानगरपालिका वडा न ८ वडा समितिको कार्यालयले अस्थायी प्रहरी पोष्टका लागि आवश्यक सामग्री प्रदान गरेको छ ।
वीरगन्ज, १७ मंसिर । वीरगन्ज महानगरपालिकाको ट्राफिक व्यवस्थापनबारे सरोकारवालाहरु गम्भिर छलफल भएको छ ।
काठमाडौँ, १७ मंसिर । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको आयोजनामा कोलकातामा मङ्सिर २२–२३ गते ‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ हुने भएको छ ।
विराटनगर, १७ मंसिर । राज्यले कञ्चनपुर घटनाका दोषी पहिचान गर्न नसकेको भन्दै मानव अधिकार तथा शान्ति समाजले कडा आलोचना गरेको छ ।
धनगढी, १७ मंसिर । आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।
जनकपुरधाम, १७ मंसिर । विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन आइतबार सम्पन्न भएको छ ।
धनगढी, १६ मंसिर । प्रा डा गोविन्द केसीले सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको गुनासो गरेका छन् ।
चितवन, १६ मंसिर । पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको हो ।
लहान, १६ मंसिर । कर्मचारी अभावमा सिरहास्थित मालपोत कार्यालयको कामकाज प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
महोत्तरी, १६ मंसिर । ‘शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिवाटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते भएका छन् ।
तौलिहवा, १६ मंसिर । समुदाय स्तरबाट स्थापित नेपालकै जेठो पुस्तकालयको रूपमा परिचित पशुपति प्रताप पुस्तकालयको निर्माणाधीन भवनको सहयोगका लागि स्थानीय समाजसेवी हरिराज शर्माले रु ५१ हजार ११५ सहयोग गरेका छन् ।
रौतहट, १५ मंसिर । रंगारंग कार्यक्रमकाबीच गौर नगरपालिका जिल्लाको १४औं खुल्ला दिसामुक्त नगरपालिका घोषणा भएको छ ।
कपिलवस्तु, १५ मंसिर । कपिलवस्तु यातायात व्यवसायी समिति तौलिहवाको नवौ अधिवेशनबाट सन्तोष हमाल निर्वाचित भएका छन् ।
नेपालगन्ज, १५ मंसिर । पश्चिम नेपालमा पाइने खाद्य वस्तुको बारेमा प्रचारप्रसार गर्न नेपालगञ्जमा ‘खाद्य मेला २०७५’ आयोजना गरिने भएको छ ।
सप्तरी, १५ मंसिर । तिलाठी कोइलाडी गाउँपालिकामा पशु स्वास्थ परीक्षण तथा व्यावसायिक पशुपालनसम्बन्धी निःशुल्क घरदैलो अभियान शुरु भएको छ ।
मोरङ, १५ मंसिर । यहाँस्थित उर्लाबारी उद्योग वाणिज्य संघले दुई साताअघि भएको आगलागीबाट पीडित तीन व्यवसायीलाई आर्थिक सहयोग गरेको छ ।