धनुषा, १३ चैत । प्रदेश २ अन्तर्गत धनुषा जिल्लाका विभिन्न स्थानहरुमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मदिरा सेवन तथा यसले पार्ने असर, मदिरा बिक्रीबितरण र बिद्युत प्रयोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
रौतहट, १३ चैत । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ७ सगैया पिपरिया टोलमा मकैवारीमा लगाइएको लागु औषध अफीम प्रहरीले नष्ट गरेको छ ।
कैलाली, १३ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
वीरगञ्ज, १३ चैत । वीरगञ्ज–पथलैया व्यापारिक मार्ग सुधार योजनाअन्तर्गत वीरगञ्जदेखि परवानीपुरसम्मको ६ लेन सडक खण्डमा धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको छ ।
रौतहट, १३ चैत । गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले चलिरहेको एसईई परिक्षामा प्रहरी निषेध परिक्षा हल बनाउन गृह मन्त्रालयले जारी गरेको निर्देशनलाई बेवास्ता गरि आफुखुशी कार्य गरेको पाइएको छ ।
धनुषा, १३ चैत । गणेशमान चारनाथ नगरपालिका–१ छौघरिया बस्ने दिनेश साहको अन्दाजी १ वर्षीय छोरा आनन्द साह आफ्नै घरको आङ्गनमा रहेको ड्रमको पानीभित्र डुबेर मंगलबार साँझ मृत्यु भएको छ ।
जनकपुरधाम, १३ चैत । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको गोरखापत्रलाई समय सापेक्ष बनाउन सुझाव दिएका छन् ।
काठमाडौं, १३ चैत । नेपाल एथ्लेटिक्स सङ्घले हङकङमा सम्पन्न तेस्रो युथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडी अजितकुमार यादवलाई सम्मान गरेको छ ।
रुपन्देही, १३ चैत । भैरहवा भन्सार कार्यालयको मुख्य प्रवेशद्वारमा स्वचालित प्रविधिमार्फत सवारीसाधनको जाँच गर्ने प्रणाली लागू भएको छ ।
सिरहा, १३ चैत । सिरहाको मिर्चैयामा पहिलो पटक हुन लागेको फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्टको पहिलो अडिसन सम्पन्न भएको छ ।
सिरहा, १२ चैत । लक्ष्मीपुर पतारी गाउँपालिका–३ हरिनगर बस्ने १६ वर्षीया किशोरीलाई सोमबार राति जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
कपिलवस्तु, १२ चैत । शुद्धोधन गाउँपालिका लवनी कपिलवस्तुले पशुबाट मानिसमा सर्ने रोग अर्थात जुनोसिस रोग बारे १ दिने अन्तरक्रिया लवनी स्वास्थ्य चौकीमा सम्पन्न गरेको छ ।
काठमाडौँ, १२ चैत । इन्टरपोल महासचिवालयको आयोजना तथा इन्टरपोल नेपालको सहआयोजनामा आपराधिक सूचना विश्लेषणसम्बन्धी प्रशिक्षण काठमाडौँमा शुरु भएको छ ।
पर्सा, १२ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वीरगञ्ज चिनी कारखानाको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।
काठमाडौं, १२ चैत । नेपाल भारतबीचको कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।
काठमाडौं, १२ चैत । चैत २० र २१ गते जनकपुरधाममा १८ औँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने भएको छ ।
काठमाडौं, १२ चैत । श्री एयरलायन्सको चरम लापरबाहीले झण्डै ७० जनाको जीवनसँग खेलवाड गरिएको छ ।
विराटनगर, ११ चैत । पूर्वउपप्रधानमन्त्री एवं नेपाली वाम लोकतान्त्रिक आन्दोलनका शीर्षस्थ नेता भरतमोहन अधिकारीको स्मृतिमा श्रद्धाञ्जलिसभाको आयोजना गरिएको छ ।
कपिलवस्तु, ११ चैत । यही चैत १८ गतेदेखि ३० गतेसम्म कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा सञ्चालन हुन गैरहेको छैठौँ प्राचीन कपिलवस्तु महोत्सवको तयारी ९० प्रतिशत पूरा भएको आयोजकले जनाएको छ ।
वीरगन्ज, ११ चैत । वीरगञ्ज महानगरपालिकाले ठेकेदारले काम गरेको बीलको भुक्तानी समयमा नगर्दा निर्माणाधीन फोहोर मैला प्रशोधन केन्द्रअन्तर्गत ल्याण्डफिल साइट तोकिएको समयमा पूरा नहुने सम्भावना बढेको छ ।
सर्लाही, ११ चैत । कौडेना गाउँपालिका–७ सक्ररौल खोला नजिक नहरमा ज.१ त२०७४ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।